इन्डोनेशिया, फिनल्याण्ड र रसियासँग हवाई सम्झौताको तयारी | Khabarhub Khabarhub

इन्डोनेशिया, फिनल्याण्ड र रसियासँग हवाई सम्झौताको तयारी


१४ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले थप तीन देशसँग हवाई सम्झौता गर्ने भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले इन्डोनेशिया, फिनल्याण्ड र रसियासँग हवाई सम्झौताको तयारी गरेको हो ।

पर्यटन मन्त्रालयमा आज भएको उच्चस्तरीय व्यवस्थापन समूहको बैठकले ती मुलुकसँग हवाई सम्झौताको प्रक्रियाअघि बढाउने निर्णय गरेको पर्यटन मन्त्रालयले जनाएको छ ।

सरकारले हाल ४० मुलुकसँग हवाई सेवा सम्झौता गरिसकेको छ । पछिल्लो पटक अष्ट्रेलियासँग यस्तो सम्झौता भएको थियो ।

बैठकले यही भदौ १६ देखि नियमित उडान हुने हुँदा वायुसेवा कम्पनीले कोभिड–१९ को महामारी पूर्वनियमित अवस्थामा लिने हवाई भाडादर भन्दा बढी नलिनतर्फ सबै वायुसेवा कम्पनीसँग समन्वय गर्ने र नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत वायुसेवा कम्पनीलाई सचेत गराउने पनि निर्णय गरेको छ ।

त्यस्तै नेपाली स्वदेश फिर्तालगायत विषयलाई अनुगमन र सहजीकरण गर्न पर्यटन मन्त्रालयका उपसचिव रामकृष्ण लामिछानेको संयोजकत्वमा चार सदस्यीय समिति बनाइएको छ । समितिको सदस्यमा पर्यटन विभागका निर्देशक सुरेन्द्र थापा, प्राधिकरणका हिराजन काफ्ले र नेपाल पर्यटन बोर्डका प्रबन्धक सुनिल शर्मा रहेका छन् ।

समितिलाई हवाई उडान भाडादर यात्रुको परिवहनका विषयमा अनुगमन गर्ने, होटलले प्रदान गर्ने मापदण्डको विषयमा स्थलगत अनुगमन गरी पृष्ठपोषण गर्ने, होटल सङ्घलगायत सङ्घ संस्थासँग आवश्यक समन्वय गर्ने र स्वदेशी फिर्ता प्रक्रियासँग जोडिएको गुनासो व्यवस्थापन गर्ने कार्यादेश तोकिएका छ ।

हिमाल आरोहणका लागि खटाइने सम्पर्क अधिकृत तथा रेस्क्युलगायत विषयमा मापदण्ड र कार्यविधि बनाउने निर्णय गरिएको छ । बैठकमा पर्यटनमन्त्री योगेश भट्टराईले मन्त्रालयको वार्षिक कार्ययोजनामा समावेश गरिएका माइलस्टोनलाई तोकिएको समयमै सम्पन्न गर्न निर्देशन दिए ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  ७ : ०४ बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं