कतारमा श्रमिकको न्यूनतम तलब बृद्धि, हजारौँ नेपाली लाभान्वित हुने | Khabarhub Khabarhub

कतारमा श्रमिकको न्यूनतम तलब बृद्धि, हजारौँ नेपाली लाभान्वित हुने



दोहा –  कतारमा श्रमिकको न्यूनतम तलब बृद्धि भएको छ ।

अब कतारमा कार्यरत हरेक श्रमिकलाई आवासका लागि प्रतिमहिना ५ सय रियाल तथा खानाका लागि ३ सय रियाल थप दिनुपर्नेछ ।

यसले कतारमा खाना तथा आवाससहित न्यूनतम तलव १ हजार ८ सय रियाल हुनेछ । यसघि ९ सय रियाल र खाना बापत ३ सय गरी १२ सय रियाल तोकिएको थियो । तर कतारका अधिकांश कम्पनीहरुले ७५० देखि ८०० कतारी रियाल दिदै आएका थिए ।

न्यनूतम तलव वृद्धिसहित श्रमिकहरूले स्वइच्छाले रोजगारदाता पनि परिवर्तन गर्न पाउने निर्णय भएको छ । श्रमिकले काम परिवर्तन गर्न चाहे रोजगारगाताबाट नो–अब्जेक्सन सर्टिफिकेट (स्वीकृति प्रमाणपत्र) चाहिने व्यवस्था पनि खारेज भएको  हो ।

कतारले कानून नं १७, २०२० कार्यान्वयन गर्दै अब आप्रवासी कामदारले रोजगारदाताको अनुमति बेगर पनि रोजगारी परिवर्तन गर्न पाउने भएका छन् । कतार सरकारको यो निर्णयलाई अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)ले स्वागत गरेको छ ।

श्रमिकहरूले रोजगारदाताको अनुमतिपछि  मात्रै अर्को कम्पनी परिवर्तन गर्न पाउने व्यवस्था खारेज गर्नुपर्ने तथा खाडी क्षेत्रमा समान र न्यूनतम पारिश्रमिक तोक्न सम्बन्धित देशहरूलाई दबाब दिदै आएको थियो ।

श्रमिकको पारिश्रमिक बृद्धिसहितका निर्णय पछि कतारका प्रशासन विकास, श्रम तथा सामाजिक मामिला मन्त्रीयुसुफ मोहम्मद अल ओथमन फक्रहुले सरकारको पछिल्लो निर्णले आप्रवासी कामदारले लाभ लिन सक्ने बताए । यसबाट रोजगारदाताबीच पनि  प्रतिस्पर्धी वातावरण सृजना हुने उनको दाबी छ ।

‘कतार आधुनिक र समुन्नत श्रम बजार निर्माणका लागि प्रतिवद्ध छ’, उनले भने, ‘कतार भिजन २०३० लाई मध्यनजर गर्दा यो निर्णय महत्वपूर्ण हुनेछ जहाँ श्रमिक, रोजगारदाता र कतारले नै लाभ प्राप्त गर्नेछ ।’

कतार २०३० नेसनल भिजनमा विभिन्न क्षेत्रका अप्रवासी कामदारको बहुलता सिर्जना गर्ने, तिनका अधिकार र सुरक्षा सुनिश्चित गर्दै कतारमा प्रतिस्पर्धा तथा लगानी बढाएर आर्थिक वृद्धि तीब्र पारिने बताइएको छ।

नयाँ व्यवस्था सरकारी राजपत्रमा प्रकाशित भएको ६ महिनामा कार्यान्वयनमा आउनेछ ।

श्रमिकको सेवा सुविधा थप गरिएपछि कतारमा आप्रवासी कामदारको आकर्षण अझ बढ्ने अपेक्षा गरिएको छ । यसबाट नेपालीहरू पनि लाभान्वित हुने भएका छन् । कतारमा करिव ३ लाख ५० हजार नेपाली कार्यरत छन् ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  ६ : ५९ बजे

तत्काललाई टारे ओलीले संकट, राजीनामा माग्नेहरूलाई भने : महाधिवेशनमा भेटौँला

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि निम्तिएको संकट

प्रधानमन्त्री कार्की र अध्यक्ष दाहालको भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालबीच

खुल्यो शुक्लाफाँटा निकुञ्जमा सफारी

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी खुला गरिएको छ

प्यालेस्टिनी सात नेतालाई तत्काल रिहा गर्नुपर्ने हमासको अडान

गाजा शहर – हमासले गाजामा युद्धविराम सम्झौता अन्तर्गत इजरायलले रिहा

भद्रपुरबाट चार लाखको अवैध पटाका बरामद

झापा – भारतबाट भन्सार छलेर ल्याएको रु चार लाखको पटाका