कतारमा श्रमिकको न्यूनतम तलब बृद्धि, हजारौँ नेपाली लाभान्वित हुने « Khabarhub

कतारमा श्रमिकको न्यूनतम तलब बृद्धि, हजारौँ नेपाली लाभान्वित हुने



दोहा –  कतारमा श्रमिकको न्यूनतम तलब बृद्धि भएको छ ।

अब कतारमा कार्यरत हरेक श्रमिकलाई आवासका लागि प्रतिमहिना ५ सय रियाल तथा खानाका लागि ३ सय रियाल थप दिनुपर्नेछ ।

यसले कतारमा खाना तथा आवाससहित न्यूनतम तलव १ हजार ८ सय रियाल हुनेछ । यसघि ९ सय रियाल र खाना बापत ३ सय गरी १२ सय रियाल तोकिएको थियो । तर कतारका अधिकांश कम्पनीहरुले ७५० देखि ८०० कतारी रियाल दिदै आएका थिए ।

न्यनूतम तलव वृद्धिसहित श्रमिकहरूले स्वइच्छाले रोजगारदाता पनि परिवर्तन गर्न पाउने निर्णय भएको छ । श्रमिकले काम परिवर्तन गर्न चाहे रोजगारगाताबाट नो–अब्जेक्सन सर्टिफिकेट (स्वीकृति प्रमाणपत्र) चाहिने व्यवस्था पनि खारेज भएको  हो ।

कतारले कानून नं १७, २०२० कार्यान्वयन गर्दै अब आप्रवासी कामदारले रोजगारदाताको अनुमति बेगर पनि रोजगारी परिवर्तन गर्न पाउने भएका छन् । कतार सरकारको यो निर्णयलाई अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)ले स्वागत गरेको छ ।

श्रमिकहरूले रोजगारदाताको अनुमतिपछि  मात्रै अर्को कम्पनी परिवर्तन गर्न पाउने व्यवस्था खारेज गर्नुपर्ने तथा खाडी क्षेत्रमा समान र न्यूनतम पारिश्रमिक तोक्न सम्बन्धित देशहरूलाई दबाब दिदै आएको थियो ।

श्रमिकको पारिश्रमिक बृद्धिसहितका निर्णय पछि कतारका प्रशासन विकास, श्रम तथा सामाजिक मामिला मन्त्रीयुसुफ मोहम्मद अल ओथमन फक्रहुले सरकारको पछिल्लो निर्णले आप्रवासी कामदारले लाभ लिन सक्ने बताए । यसबाट रोजगारदाताबीच पनि  प्रतिस्पर्धी वातावरण सृजना हुने उनको दाबी छ ।

‘कतार आधुनिक र समुन्नत श्रम बजार निर्माणका लागि प्रतिवद्ध छ’, उनले भने, ‘कतार भिजन २०३० लाई मध्यनजर गर्दा यो निर्णय महत्वपूर्ण हुनेछ जहाँ श्रमिक, रोजगारदाता र कतारले नै लाभ प्राप्त गर्नेछ ।’

कतार २०३० नेसनल भिजनमा विभिन्न क्षेत्रका अप्रवासी कामदारको बहुलता सिर्जना गर्ने, तिनका अधिकार र सुरक्षा सुनिश्चित गर्दै कतारमा प्रतिस्पर्धा तथा लगानी बढाएर आर्थिक वृद्धि तीब्र पारिने बताइएको छ।

नयाँ व्यवस्था सरकारी राजपत्रमा प्रकाशित भएको ६ महिनामा कार्यान्वयनमा आउनेछ ।

श्रमिकको सेवा सुविधा थप गरिएपछि कतारमा आप्रवासी कामदारको आकर्षण अझ बढ्ने अपेक्षा गरिएको छ । यसबाट नेपालीहरू पनि लाभान्वित हुने भएका छन् । कतारमा करिव ३ लाख ५० हजार नेपाली कार्यरत छन् ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  ६ : ५९ बजे

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित