कोरोना संक्रमित वृद्धको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु « Khabarhub

कोरोना संक्रमित वृद्धको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु


१५ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – भरतपुर अस्पतालमा उपचारारत कोरोना संक्रमित एक वृद्धको आज मृत्यु भएको छ ।

अस्पतालको कोभिड–१९ क्लिनिकल टिमका संयोजक डा.प्रमोद पौडेलका अनुसार भरतपुर महानगरपालिका–६ का ७८ वर्षीय वृद्धको कोरोना संक्रमणले मृत्यु भएको हो ।

भदौ २ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई श्वासप्रश्वासमा  फेर्न समस्या भएपछि ६ गते उपचारका लागि भरतपुर अस्पतालको कोभिड सघन उपचार कक्षमा भर्ना गरिएको थियो ।

उनको आज बिहान ७:२० मा मृत्यु भएको पौडेलले जानकारी दिए । योसँगै कोरोनाका कारण चितवनमा १३ जनाको मृत्यु भइसकेको छ ।

मृत्यु हुनेमा चितवनका छ जना रहेका छन् । तीमध्ये एक जनाको घरमै मृत्यु भएको हो भने अन्यको अस्पतालमा मृत्यु भएको हो ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  ९ : ४३ बजे

ग्यास आपूर्ति सहज बनाउँदै साल्ट ट्रेडिङ, ६ महिनालाई पुग्ने नुन मौज्दात

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभीरमा पहिरोले सडक अवरुद्ध भएपछि साल्ट

भोटेकोशी बाढी: मधेशका ३० जना सम्पर्कमा, १६२ जना अझै बेपत्ता

जनकपुर – रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएकामध्ये

किसानको फेरिएको दैनिकी: पहिले किनेर खान्थे, अहिले तरकारी बेचेर कमाउँछन्

म्याग्दी – बेनी नगरपालिका–५ डडुवाकी मनकुमारी भण्डारीले यो याममा प्लास्टिक

उपत्यकामा ग्यास अभाव हुन नदिन बाहिरका प्लान्टबाटै सिलिन्डर भर्ने चटारो

चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँ उपत्यकामा एलपी

रास्वपा सचिवालय बैठक बस्दै

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको