महोत्तरी – महोत्तरीको एकडारा गाउँपालिका र जलेश्वर नगरपालिकाबाट प्रहरीले डेढ क्विन्टल मटर र ५ कार्टुन चुरा बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश विष्टका अनुसार एकडारा गाउँपालिका–४ स्थित हलखोरी गाउँबाट १५० किलो मटर बरामद गरिएको हो ।
वनको बाटो हुँदै नेपालबाट भारत लैजानका लागि राखिएको अवस्थामा प्रहरीको गस्ती टोलीले मटर बरामद गरेको हो ।
त्यस्तै प्रहरी टोलीले जलेश्वर नगरपालिका–५ पर्सापतैली गाउँबाट ५ कार्टुन भारतीय चुरा बरामद गरेको छ । ती चुरा भन्सार छलि भित्राइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया