चितवनमा थप ४० जनामा कोरोना भाइरसको संक्रमण | Khabarhub Khabarhub

चितवनमा थप ४० जनामा कोरोना भाइरसको संक्रमण


१६ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – चितवनमा थप ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालको कोभिड ल्यावमा गरिएको परीक्षणमा चितवनका १५ सहित २० जना र धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २० जना चितवनकै गरी २० जनामा संक्रमण पुष्टि भएको हो ।

चितवनस्थित भरतपुर अस्पतालको कोभिड ल्यावकी प्रमुख डा. नीतु अधिकारीका अनुसार सोमबार राति ११ बजे प्राप्त विवरणअनुसार १८ देखि ७३ वर्ष उमेर समूहका २० जनामा संक्रमण भएको छ ।

संक्रमित हुनेमा भरतपुर नगरपालिकाका विभिन्न ७ वटा वडाका ३४ देखि ६५ वर्षसम्मका ६ पुरूष र १८ देखि ५५ वर्षसम्मका ५ महिला छन् ।

यस्तै राप्तिका १ पुरूष र २ महिला तथा रत्ननगरका १ पुरूषमा संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालकै ल्यावमा भएको परीक्षणमा नवलपरासी, कैलाली, पर्सा, अछाम र रौतहटका एक/एक जना गरी थप ५ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा चितवनको भरतपुर नगरपालिकाका थप २० जनामा संक्रमण पुष्टि भएको छ । सोमबार अबेर राति  सार्वजनिक गरिएको विवरण अनुसार २६ देखि ४९ वर्ष उमेर समूहका १५ जना महिला र ३३ देखि ६५ वर्ष सम्मका ५ पुरूषमा संक्रमण पुष्टि भएको कोभिड इन्फो चितवनले जनाएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलबार  ६ : ११ बजे

प्राधिकरणको भवन काठमाडौं जिल्ला अदालतलाई दिने निर्णय प्रधानमन्त्रीबाट सदर

काठमाडौं– बबरमहलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरण, प्रधान कार्यालयको ‘एनेक्स’ भवन

फिल्म ‘कल्ली’को तीन पोस्टर सार्वजनिक

काठमाडौं – फागुन १ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘कल्ली’को

काठमाडौंका ६२ वटा चोकमा हाइ मास्ट लाइट जडान 

काठमाडौं– काठमाडौं महानगरपालिकाले सहरका ६२ वटा चोकमा हाइ मास्ट लाइट

हर्क साम्पाङले दर्ता गरे नयाँ पार्टी, आयोगमा पुगेर गरे सनाखत

काठमाडौं– धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले निर्वाचन आयोगमा पुगेर पार्टी दर्ता

जनताको सहयोगमा ध्वस्त संरचना बनाउने सरकारी प्रयास असफल, तीन हप्तामा उठ्यो ६ करोड

काठमाडौं- जेन–जी आन्दोलनका क्रममा भएको आगलागी र तोडफोडबाट १ हजार