कोरोनाले अप्ठ्यारोमा परेका आप्रवासीको भीसा तीन महिना थप्ने कुवेतको निर्णय « Khabarhub

कोरोनाले अप्ठ्यारोमा परेका आप्रवासीको भीसा तीन महिना थप्ने कुवेतको निर्णय



दोहा – कोरोना भाइरसको महामारीले नविकरण गर्न नसकेका नेपालीसहित सबै आप्रवासीहरूको भिसा तीन महिना थप गर्ने कुवेत सरकारले निर्णय गरेको छ ।

कोरोना भाइरसको विषम परिस्थितिका कारण १ मार्च २०२० यता भिसा समाप्त भई कुवेतमा रहेका विदेशी नागरिकको भिसा कुवेत सरकारले थप तीन महिना बढाउँदै नोभेम्बर ३० सम्म पुर्‍याएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।

कुवेतले यसअघि थप गरेको भिसाको अवधि अगष्ट ३१ अर्थात सोमबार सकिएको छ ।

कोरोना महामारीले नियमित अन्तर्राष्ट्रिय उडान नभएको तथा भिसा थप गरिएको ३ महिनाको अवधि पनि सकिएको कुवेत सरकारले भिसा अवधि पुनः ३ महिना थप्ने  निर्णय गरेको कुवेतको आन्तरिक मन्त्रालयले प्रष्ट्याएको छ ।

प्रकाशित मिति : १६ भदौ २०७७, मंगलबार  ६ : ४४ बजे

आज कोजाग्रत पूर्णिमा, यस वर्षको बडादसैँ समापन हुँदै

काठमाडौँ– नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व आजदेखि

पोलियो अन्त्यको सन्देश बोकेर सम्पदा स्थलमा साइकल यात्री

काठमाडौँ– विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा विश्व

मानमानेश्वरी भवानीको खड्ग जात्रा सम्पन्न

ललितपुर– पाटनमा मानमानेश्वरी भवानीको ‘पायो’ अर्थात् खड्ग जात्रा सम्पन्न भएको

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक ८ गते आइतबारको राशिफल

काठमाडौँ– २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६ अक्टोबर