५ महिनापछि खुल्यो नियमित अन्तराष्ट्रिय उडान « Khabarhub

५ महिनापछि खुल्यो नियमित अन्तराष्ट्रिय उडान

१२ कम्पनीका विमानले यी देशमा उडान भर्ने



काठमाडौं । कोभिड १९ का रोकथामका लागि २०७६ चैत्र ९ गतेबाट रोकिएको नियमित अन्तराष्ट्रिय उडान भदौ १७ बाट सुरु भएको छ ।

करिब ५ महिनापछि सुरु भएको उडानमा मंगलवार नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको २/२ वटा र एयर अरेबियाको एउटा उडान छ ।

भदौ १ गतेबाट अन्तराष्ट्रिय उडान सुचारु गर्ने सरकारी योजना थियो । तर, सम्बन्धित निकायहरुसँगको सम्वन्यमा भदौ १७ मा सारिएको थियो ।

भदौ ४ गते बसेको मन्त्रिपरिषदको बैठकले कोभिड १९ माहामारीबाट बचेर सुरक्षित उडानका लागि पीसीआर परीक्षण सहज भएका देशहरुमा नियमित उडान गर्ने निर्णय गरेको थियो । जसअनुरुप दैनिक ५ सय यात्रु नकट्ने गरी उडान सञ्चालन हुने भएको छ ।

चैत्र ११ देखि अन्तराष्ट्रिय उडानमा प्रतिबन्ध लगाइएको थियो । त्यस्तै आन्तरिक उडान पनि स्थगन गरिएको थियो ।

यसबीचमा व्यवसायिक प्रयोजनका लागि नभई विदेश रहेका अलपत्र नेपाली ल्याउन र नेपाल र विदेश दुवैतर्फ नागरिक आवतजावतका लागि चार्टड उडानहरु भएका थिए ।

नागरिक उड्यान प्राधिकरणका अनुसार बन्दाबन्दीको समयमा दैनिक १८ वटासम्म गरी पाँच महिनामा ५ सयभन्दा बढी उडान भएको छ ।

जसमा अन्तराष्ट्रिय बिमानस्थल हुँदै ५४ हजार १ सय १५ जना यात्रु नेपाल भित्रिएका थिए । त्यस्तै सोही अवधिमा नेपालबाट २२ हजार १ सय ९६ जना यात्रु बाहिरिएका थिए ।

नेपाल सरकारले भदौ १६ गतेबाट केही देशहरुमा नियमित उडान सुचारु गर्ने निर्णय गरेसँगै नेपाल वायु सेवा निगमले पनि सेप्टेम्बर महिनाको लागि नियमित उडान तालिका निर्धारण गरेको छ ।

निगमले चार अन्तराष्ट्रिय गन्तव्यहरुमा नियमित उडान गर्ने भएको छ ।

प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले नेपालका २ वटा उडान कम्पनी सरकारी स्वामित्वको नेपाल वायु सेवा निगम र निजी क्षेत्रको हिमालयन एयरलाइन्ससहित १२ वटाले अनुमति पाएको र केही थप हुने अवस्था देखिएका बताए ।

नियमित अन्तराष्ट्रिय उडानका लागि भोलि नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को एक मात्र उडान नारिताका लागि भर्ने भएको छ ।

कुन-कुन देशमा उडान ?

सँस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले सेप्टेम्बर महिनाभरकोे नियमित र चार्टड दुवै उडानको तालिका सार्वजनिक गरिसकेको छ ।

सार्वजनिक तालिकाअनुसार पीसीआर परीक्षण सहज भएका मुलुकहरु मलेसिया, युएई, दक्षिण कोरिया, थाइल्याण्ड, जापान, चीन, हङकङ, अष्ट्रेलिया, अमेरिका, क्यानडा र युरोपेली मुलुकबाट नेपाल आउन अनुमति भएका नेपाली नागरिक र विदेशी नियोगका कुटनीतिज्ञ, कर्मचारी, संयुक्त राष्ट्रसंघका कर्मचारी लगायतलाई नेपाल ल्याउने गरी नियमित उडान हुनेछ ।

त्यस्तै पीसीआर सहज नभएका मुलुकहरु कतार, साउदी अरब र कुवेत लगायत अन्य मुलुकबाट नियमित उडानतर्फ यात्रु ल्याउन नपाईने निर्णय गरेको छ ।

नियमित उडानका लागि उडान अनुमति नभएका श्रमिक रहेका मुलुकबाट सम्बन्धित नेपाली कुटनीतिक नियोगबाट सिफारिस भएको नामावली बमोजिमका यात्रुकालागि चार्टड उडान गरेर ल्याउन पाइनेछ । उनकाअनुसार पीसीआर परीक्षण सहज नभएका मुलुकहरुलाई चार्टड उडानमात्र सञ्चालन हुनेछन् ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ६ : ३९ बजे

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा

कांग्रेसलाई क्रान्तिभूमिको खबरदारी– शहीदको सन्देश नभुल्नू

ओखलढुङ्गा श्री चम्पादेवी र जलजलेश्वर महादेवको धार्मिक आस्थाले रक्षित पवित्र

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण