चितवनमा थपिए ३५ कोरोना संक्रमित « Khabarhub

चितवनमा थपिए ३५ कोरोना संक्रमित


१७ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालमा भएको परीक्षणमा थप ३५ जनामा कोभिड १९ संक्रमण देखिएको छ।

मंगलवार रातिसम्म भएका थप २ सय ८५ वटा नमुना परीक्षण मध्ये ३५ जनामा पोजेटिभ देखिएको प्रयोगशाला प्रमुख डाक्टर नीतु अधिकारीले जानकारी दिइन्। जसमा १४ जना महिला रहेका छन्।

संक्रमण देखिएका मध्ये २८ जना चितवन भरतपुर महानगरपालिका, रत्ननगर र राप्ती नगरपलिकाका रहेका छन्।

चितवनका २८ जनामध्ये भरतपुर महानगरपालिकामा १६ पुरुष र १० महिला गरी २६ जना संक्रमित छन् ।

भरतपुर महानगरपालिका वडा नं. २, ३, ७, ९, १०, ११, १२, १५, १६, १७, २० र २६ मा संक्रमित थपिएका हुन् । उनीहरु २१ देखि ५८ वर्ष उमेर समूहका छन् ।

यसैगरी चितवनकै रत्ननगर नगरपालिका वडा नं. १० मा २७ वर्षीया एक महिला र राप्ती नगरपालिका वडा नं. ९ मा ३५ वर्षीया एक महिलामा पनि कोरोना पुष्टि भएको डा. अधिकारीले जानकारी दिइन् ।

बाँकी भने नवलपरासी, धनुषा, सिरहा र बाराका स्थानीय रहेका छन्।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ८ : १५ बजे

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण

प्रधानमन्त्री बाहिरिइन्, तीन दलका नेता शीतल निवासमै  

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँगको छलफलपछि प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति भवनबाट

नयाँ चलचित्र जाँचपास कार्यविधिमा चलचित्रकर्मीले देखाए खोट

काठमाडौं – नेपाली फिल्म क्षेत्रमा सेन्सरको विवाद नयाँ होइन ।

मधेस प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेस

महेन्द्रनगर– राष्ट्रिय दलित आयोगद्वारा आज मधेस प्रदेशप्रमुख समक्ष पाँचौँ वार्षिक

पार्टीको महाधिवेशन लम्बिन सक्छ : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको महाधिवेशन केही