नवलपरासीकी संक्रमित महिलाको भैरहवामा मृत्यु « Khabarhub

नवलपरासीकी संक्रमित महिलाको भैरहवामा मृत्यु


१७ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल- भैरहवाको भीम अस्पतालमा उपचाररत कोरोना संक्रमित ६५ वर्षीया एक महिलाको मृत्यु भएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि भदौ १५ गते अस्पतालको आइसोलेसनमा भर्ना भएकी नवलपरासीको रामग्राम नगरपालिका–५ की ती महिलाको मङ्गलबार राती ९:४५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलले जानकारी दिए ।

डा.पोखरेलका अनुसार मृतक महिलाको आइसियुमा उपचार भइरहेको थियो । उनमा मधुमेह र उच्च रक्तचापको समस्या रहेको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ८ : ३९ बजे

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण

प्रधानमन्त्री बाहिरिइन्, तीन दलका नेता शीतल निवासमै  

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँगको छलफलपछि प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति भवनबाट

नयाँ चलचित्र जाँचपास कार्यविधिमा चलचित्रकर्मीले देखाए खोट

काठमाडौं – नेपाली फिल्म क्षेत्रमा सेन्सरको विवाद नयाँ होइन ।

मधेस प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेस

महेन्द्रनगर– राष्ट्रिय दलित आयोगद्वारा आज मधेस प्रदेशप्रमुख समक्ष पाँचौँ वार्षिक

पार्टीको महाधिवेशन लम्बिन सक्छ : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको महाधिवेशन केही