पर्सा र बाराका थप ६४ जनामा कोरोना पुष्टि « Khabarhub

पर्सा र बाराका थप ६४ जनामा कोरोना पुष्टि


१७ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा- पर्सा र बारा दुई जिल्लामा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

मंगलबार राति नारायणी अस्पतालमा गरिएको परीक्षणमा पर्सा र बाराका थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए।

अस्पतालमा ४९० जनाको स्वाब परीक्षण गरिएकोमा बाराका ५० तथा पर्साका १३ जना र गण्डक अस्पतालका एक जना गरी ६४ जनामा संक्रमण देखिएको हो।

संक्रमण देखिनेमा ५ वर्षका बालकदेखि ७९ वर्षका वृद्धसम्म छन् । वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ मा दुई, १२ मा एक र १८ मा एकजनामा कोरोना देखिएको छ।

यस्तै बहुदरमाई नगरपालिका वडा नम्बर ४ मा पाँच जना, ५ मा एक, ६ मा दुई जनामा संक्रमण पुष्टि भएको छ।

यसैगरी नारायणी अस्पतालमै गरिएको परीक्षणमा बाराको कलैया उप महानगरपालिकाका विभिन्न वडाका गरी ५० जनामा संक्रमण पुष्टि भएको छ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ९ : २० बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी