विभिन्न मुद्दाका फरार २८ प्रतिवादी पक्राउ « Khabarhub

विभिन्न मुद्दाका फरार २८ प्रतिवादी पक्राउ


१७ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – प्रहरीले कास्कीमा एकैदिन विभिन्न मुद्दामा फरार रहेका २८ प्रतिवादीहरुलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख, एसपी जीवन श्रेष्ठका अनुसार जिल्ला अदालत तथा जिल्ला प्रशासन कार्यालयको फैसलाले विभिन्न मुद्दामा कैद र जरिवाना तोकी फरार २८ जनालाई मंगलबार पक्राउ गरिएको हो ।

उनका अनुसार, पक्राउ पर्नेमा स्याङ्जा कोल्मा स्थायी घर भई हाल कास्की पोखरा महानगरपालिका–२७ बस्ने २९ वर्षीय अनिल थापा मगर पक्राउ परेका छन् ।

यस्तै कास्की पोखरा महानगरपालिका–१० बस्ने बैकिङ् कसुर मुद्दाका ५३ वर्षीय धिरज गुरुङ र सार्वजनिक मुद्दामा २५० देखि ५ हजारसम्म जरिवाना तोकी हालसम्म फरार रहेका अन्य २६ जना पक्राउ परेका छन् ।

एसपी श्रेष्ठका अनुसार, पक्राउ परेका २८ जनालाई नै जिल्ला अदालत कास्की पठाइएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ११ : ५२ बजे

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको