कपिलवस्तुकी कोरोना संक्रमित महिलाको लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु « Khabarhub

कपिलवस्तुकी कोरोना संक्रमित महिलाको लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु


१७ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कपिलवस्तुकी एकजना कोरोना संक्रमति महिलाको लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको छ ।

अस्पतालले एक विज्ञप्ति मार्फत कपिलवस्तुको कपिलवस्तु नगरपालिका–११ की ६० वर्षीया एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको जानकारी दिएको हो ।

ती महिलको बुधबार बिहान ९ बजेर १५ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ । ती महिलामा भदौ ७ गते कोरोना पुष्टि भएको थियो ।

उनमा ज्वरो, श्वासप्रश्वासमा समस्या रहेको थियो । यस्तै उच्च रक्तचापको समस्या पनि पहिलादेखि नै रहेको अस्पतालले जनाएको छ ।

उनको लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्थायी अस्पतालमा आइसियुमा उपचार भइरहेको थियो । तर बुधबार बिहान उनको आइसीयुमै मृत्यु भएको अस्पतालले जनाएको हो ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  १२ : ५७ बजे

पदयात्रीले पथप्रदर्शक लिएर जानुपर्ने व्यवस्था

काठमाडौँ– सरकारले देशका विभिन्न १३ जिल्लामा तोकिएबमोजिम निषेधित क्षेत्रमा पदयात्रामा

जिल्ला अस्पताल बैतडीमा हाडजोर्नीको जटिल शल्यक्रिया सुरु

बैतडी– जिल्ला अस्पताल बैतडीमा हाडजोर्नीको जटिल शल्यक्रिया सेवा सुरु भएको

मौसम बदलीले अन्नबाली नष्ट हुन थालेपछि किसान चिन्तित

कैलाली– कैलालीमा पछिल्लो केही दिनयता मौसममा आएको फेरबदलले अन्नबाली नष्ट

मिथिला क्षेत्रमा आज अस्ताउँदो सूर्यलाई अर्घ दिएर चैती छठ मनाइँदै

महोत्तरी– महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ

इलाममा रेडपाण्डा महोत्सव हुँदै

काठमाडौँ– इलाममा चैत २० देखि २३ गतेसम्म तेस्रो रेडपाण्डा महोत्सव