जुगल हिमालमा पहिलो पटक मानव पाइला « Khabarhub

जुगल हिमालमा पहिलो पटक मानव पाइला


२७ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भर्जिन हिमालको रुपमा चिनिएको जुगल हिमालमा मङ्गलबार पहिलोपटक मानव पाइला पुगेको छ । चैत १५ गतेदेखि हिमालको चुचुरोतर्फ अघि बढेको सात सदस्यीय टोली मङ्गलबार साँझ ५ :२० बजे शिखरमा पुगेको हो ।

सोमबार बेलुकी ८ बजेबाट ४ हजार ७ सय २४ मिटरको उचाइमा रहेको अन्तिम बेस आधार शिविरबाट चुचुरोतर्फ गएको टोली मङ्गलबार बेलुकी पुगेको हो । सगरमाथा आरोही एवं प्रथम समावेशी महिला हिमाल आरोहण दलकी सदस्य माया गुरुङको नेतृत्वमा जुगल हिमाल आरोहण शुरु भएको थियो ।

गुरुङसहित सिन्धु पर्यटन परिषद्का महासचिव मिलन तामाङ, शर्मिला थापा, फोटोग्राफर प्रेम गुरुङ र अन्तर्राष्ट्रिय माउन्टेनगाइड तुलसी गुरुङ र अन्य सहयोगी जुगल हिमाल आरोहण गरेका हुन् । प्रदेश नं ३ सरकार र जुगल गाउँपालिकाको आयोजनामा जुगल हिमालको औपचारिक आरोहण शुरु गरिएको थियो ।

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार  ७ : ३९ बजे

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त

पार्टीभित्र कुनै मत–मतान्तर छैन : शंकर पोखरेल

 काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र अहिले कुनै

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व

दयाहाङ–सौगातभन्दा मुकुन अगाडि, स्वस्तिमाले देखाइन् स्टारडम

काठमाडौं – दुई डिमान्डेड नायकहरू दयाहाङ राई र सौगात मल्ललाई