व्यवसायीलाई ज्यान मार्ने धम्की दिने पाँच जना पक्राउ « Khabarhub

व्यवसायीलाई ज्यान मार्ने धम्की दिने पाँच जना पक्राउ


१७ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर – व्यापारीका रुपमा कार्य गरी अन्य व्यापारी एवं व्यवसायीलाई ज्यान मार्ने धम्की तथा डर त्रास देखाई रकम असुल गर्ने पाँच जनाको समूहलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङमा आज आयोजित पत्रकार सम्मेलनमा भारत विहार सीतामणि जिल्ला घर भई विराटनगर जलजला मोडस्थित चाइना बजारमा कपडाको कारोबार गर्ने २७ वर्षीय राज साह, मोरङको कहटरी गाउँपालिका–२ बस्ने २६ वर्षीय किसन साह, सोही स्थान बस्ने २८ वर्षीय एलेक्स भन्ने रविन शर्मा, २७ वर्षीय अभिषेक राय र सप्तरी जिल्ला बोदेबर्साइन नगरपालिका–८ काचन बस्ने २७ वर्षीय नन्दकिशोर साहलाई विराटनगर र कटहरीबाट पक्राउ गरी सार्वजनिक गरिएको हो ।

निजहरुले विगत एक वर्षदेखि विभिन्न व्यापारीलाई डर, त्रास एवं धम्की दिई भीडभाड हुने स्थान विराटनगरको गुद्री बजार, कञ्चाबारीस्थित नोबेल नहर चोकबाट व्यापारीहरुबाट रु एक लाखदेखि चार लाखसम्म लिने गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए ।

निजहरुको साथबाट भारतीय र नेपाली गरी रु ९७ हजार १२०, अटोमेटिक पेस्तोल एक र त्यसमा लाग्ने गोली तीन थान, धम्काउने प्रयोग गरिएका विभिन्न कम्पनीका मोबाइल १६, भारतीय बैंकको दुई थान चेक, तीन थान मोटरसाइकल र चक्कु एक थान बरामद गरिएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए ।

रविन शर्माले विराटनगर मलाया रोडको नहर छेउबाट एक भारतीयसँग रु एक लाख रकममा पेस्तोल खरिद गरेको बताए । निजहरुले व्यवसायीका घरमा पेस्तोल पड्काई डर, त्रास देखाई रकम माग गर्ने गरेका थिए ।

आरोपीतले विसं २०७७ असार २५ गते बेलुकी ९८४०४१८२३० नं को मोबाइलबाट एक व्यापारीलाई छोटो सन्देश पठाई रु १० लाख माग गरी असार २६ गते रु पाँच लिएका छन् भने २०४७ साल साउन १३ गते बेलुकी ९ बजे ९८४०४१८२३० नं को मोबाइलबाट अर्का व्यापारीलाई फोनबाट धम्की दिई रु १० लाख माग गरेको तथा भदौ १५ गते चाइना बजारका सञ्चालक रामनरेश साहको घरबाट रु ११ लाख चोरी गरेको प्रहरी उपरीक्षक खड्काले बताए ।

निजहरुले धम्की दिएको एक व्यापारीले दिएको सूचनाका आधारमा आरोपीहरुलाई पक्राउ गरिएको हो । निजहरुले गरेका अन्य आपराधिक कार्यका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

निजहरुलाई हातहतियार खरखजाना, आपराधिक लाभ, चोरी तथा सङ्गठित अपराधमा अनुसन्धान कारवाही अगाडि बढाइएको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।

यसैगरी प्रहरीले विभिन्न समयमा सर्वसाधारण नागरिकको चोरी भएको, हराएको ५३ थान मोबाइल फेला पारी आज सम्बन्धित धनीलाई बुझाइएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ७ : ३७ बजे

थारु समुदायको परम्परा संरक्षण गर्न लुम्बिनीमा विधेयक

दाङ– लुम्बिनी प्रदेश सरकारले थारू समुदायको आदिमकालीन प्रथा, परम्परा र

दही–चिउरा खाने पर्व असार १५ : भक्तपुरमा ‘जुजु धौ’ उत्पादनमा व्यस्त व्यवसायी (तस्बिरहरू)

भक्तपुर– दही–चिउरा खाने पर्वका रूपमा मनाइने असार १५ को अवसरमा

८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट

चितवन– भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्ड (एमएसएस) मा उत्कृष्ट भएको

राष्ट्रिय स्तरको पहिलो परम्परागत खेल महोत्सव सम्पन्न

काठमाडौँ – नेपाली मौलिक तथा परम्परागत खेलको संरक्षण, प्रवर्द्धन र

विश्वकप: अन्तिम १६ मा पुग्ने पहिलो देश बन्यो क्यानडा

काठमाडौँ – क्यानडाले फिफा विश्वकपको इतिहासमा पहिलो पटक नकआउट चरणको