महामारीकाबीच शेयर कारोबारमा छलाङ, एकैदिन ४ अर्ब बढीको कारोबार « Khabarhub

महामारीकाबीच शेयर कारोबारमा छलाङ, एकैदिन ४ अर्ब बढीको कारोबार


१७ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ- कोरोना भाइरसको महामारीका बीच शेयर कारोबारमा उच्च बृद्धि भएको छ ।

धितोपत्र बजारमा बुधबार शेयर कारोबार मापक नेप्से परिसूचकमा उच्च वृद्धि भएको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्से २५.५८ अङ्कले बढेर एक हजार ५१०.५७ पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ६.२५ ले बढेर ३०४.६० अङ्कमा पुगेको छ ।

बुधबार कुल चार अर्ब माथिको शेयर कारोबार भएको छ । स्टकका अनुसार बुधबार कुल १८६ कम्पनीका ९६ लाख ८६ हजार नौ कित्ता शेयर रु चार अर्ब १८ करोड १० लाख ३६ हजार ११५ मा खरिदबिक्री भएको छ ।

कारोबार भएका १२ मध्ये दुई उपसमूहको शेयर मात्र ओरालो लागेको छ । बीमा उपसमूहको शेयर घटेको छ । निर्जीवन बीमा १२५.८९ र जीवन बीमा ८८.६८ अङ्कले घटेको छ ।

यस्तै बैंकिङ १९.७८, व्यापार १५.८४, होटल १.०२, विकास बैंक २६.४५, जलविद्युत् ९४.२२, वित्त ७.७५, उत्पादन ३१.४२, अन्य ३७.११, लघुवित्त १७.२८ र सामूहिक लगानी कोषको एकाइ ०.०८ अङ्कले बढेको छ ।

कारोबार रकमका आधारमा बुधबार नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु ६७ करोड ४२ लाख ४२ हजार २५४ मा खरिदबिक्री भयो ।

यस्तै शिखर इन्स्योरेन्सको रु १७ करोड ७५ लाख २८ हजार ५०२, नेशनल लाइफ इन्स्योरेन्सको रु १६ करोड ५१ लाख ९४ हजार २०६, नेपाल लाइफ इन्स्योरेन्सको रु १५ करोड ७५ लाख ५७ हजार ४५२, नेको इन्स्योरेन्सको रु १४ करोड ६७ लाख पाँच हजार ४०७, लाइफ इन्स्योरेन्स कम्पनी नेपालको रु १४ करोड ६० लाख १३ हजार ६८०, एनआइसी एसिया बैंकको रु ११ करोड ५२ लाख ८० हजार ८४५, शिवम् सिमेन्ट्स लिमिटेडको रु ११ करोड ४८ लाख नौ हजार ७८६, हिमालयन डिष्टिलरीको रु १० करोड ४६ लाख ५८ हजार ५४८ र नेपाल बैंकको शेयर रु आठ करोड ८८ लाख ३९ हजार ३८५ मा खरिदबिक्री भयो ।

बुधबार सबैभन्दा बढी पाँचथर पावर कम्पान्ट, जोशी हाइड्रोपावर रिडी हाइड्रोपावर, युनियन हाइड्रोपावर, अपि पावर, नाग्दी ग्रुप पावर, राधी विद्युत् कम्पनी र अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका शेयर धनीले सर्वाधिक १०/१० तथा चिलिमे हाइड्रोपावर कम्पनी ९.९८ र उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.९७ प्रतिशतले कमाए ।

यस्तै प्रभु इन्स्योरेन्स ४.४१, प्रुडेन्सियल इन्स्योरेन्स ४.०१, मल्टीप्रपोज फाइनान्स ३.७०, सगरमाथा इन्स्योरेन्स ३.४६, सूर्या लाइफ इन्स्योरेन्स ३.४४, लुम्बिनी जनरल इन्स्योरेन्स ३.३६, नेपाल फाइनान्स ३.२८, नेको इन्स्योरेन्स ३.२६, प्रिमियर इन्स्योरेन्स ३.२३ र एसियन लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले २.९६ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ८ : ०८ बजे

बाँकेमा हुरीले धानबालीमा क्षति

बाँके– लगातारको वर्षासँगै आएको हुरीले धानबालीमा क्षति भएको छ ।

पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता

पाल्पा– जिल्लाको माथागढी गाउँपालिका–२ र रिब्दीकोट गाउँपालिका–६ मा पहिरोमा परी

कालीगण्डकीले बेनी–जोमसोम–कोरला सडकअन्तर्गत पोखरेबगरको पुल बगायो

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगर र वडा नम्बर– २

बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

बागलुङ– बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको

सुरु भयो सोह्र श्राद्ध, वर्षाले पशुपति क्षेत्रमा देखिएन भीड (तस्बिरहरू)

काठमाडौं– प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात्