हुम्लाको रोडिकोटमा भीषण आगलागी, १५ घर जले | Khabarhub Khabarhub

हुम्लाको रोडिकोटमा भीषण आगलागी, १५ घर जले


१७ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला- हुम्ला जिल्लाको सर्केगाड सर्केघाड गाउँपालिका- ४ रोडिकोटको ठूलो गाउँमा भीषण आगलागी भएको छ ।

एक घरबाट शुरु भएको आगलागीबाट अहिले १५ भन्दा बढी घर जलेको स्थानीयवासी धर्मराज शाहीले बताए ।

बेलुकी करीब ६ बजेतिर एक्कासि गाउँमा आगलागी भएको जनाइएको छ ।

नियन्त्रणका लागि गाउँका सबै गए पनि केही गर्न नसकिएको बताइएको छ ।

पानीको हाहाकार भएकाले निभाउन नसकिएको जनाइएको छ ।

आगलागी नियन्त्रणका लागि गाउँपालिका केन्द्रबाट प्रहरीको टोली त्यसतर्फ पठाइएको जिल्ला प्रहरी प्रमुख सूर्यप्रसाद सुवेदीले जानकारी दिए । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  १० : ३५ बजे

करण केसीको विष्फोटक ब्याटिङमा नेपालको रोमाञ्चक जित

काठमाडौं – करण केसीको विष्फोटक ब्याटिङमा नेपालले आईसीसी क्रिकेट विश्वकप

फेवातालमा दीर्घकालीन योजना ल्याएर मात्र पोल गाड्न आग्रह

गण्डकी – पोखरा पर्यटन परिषद्ले फेवातालको सीमाङ्कनका नाममा दीर्घकालीन योजनाबिना

धर्मरायो नेपालको ब्याटिङ, दीपेन्द्र पनि आउट

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय सिरिजको

दीर्घरोगीलाई मासिक एक हजार जीविकोपार्जन भत्ता

गुल्मी – गुल्मी छत्रकोट गाउँपालिकाले दीर्घरोगी बिरामीहरुलाई मासिक रु एक

राजावादीले भोलि सिफल चौरमा आन्दोलन गर्ने

काठमाडौं – संयुक्त जनआन्दोलन समितिले मंगलबार काठमाडौंको सिफल चौरमा प्रदर्शन