विश्वमा एकै दिन २ लाख ८६ हजारलाई कोरोना संक्रमण, ६३ सय बढीको मृत्यु | Khabarhub Khabarhub

विश्वमा एकै दिन २ लाख ८६ हजारलाई कोरोना संक्रमण, ६३ सय बढीको मृत्यु


१८ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  विश्वभर एकै दिन २ लाख ८६ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ८६ हजार ३१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै बिहीबार यो समाचार तयार पार्दासम्म कोरोना संक्रमितको संख्या २ करोड ६१ लाख ७६ हजार ११४ पुगेको छ ।

संक्रमितमध्ये ७०.४५ प्रतिशत अर्थात १ करोड ८४ लाख ४१ हजार ४५३ जना संक्रमण मुक्त भएका छन् ।

यस्तै एकै दिन थप ६ हजार ३१६ जनाको मृत्यु भएपछि कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ८ लाख ६७ हजार २९४ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ८ हजार ५६७ जनाको मृत्यु भएको छ । ३६ लाख ४६ हजार ३९३ जना संक्रमित भएकोमा २० लाख ९९ हजार २१६ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ७५ हजार २३१ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ७४ लाख ५९ हजार ५३५ पुगेको छ । त्यसमध्ये ४३ लाख ४७ हजार २२१ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ४५ हजार ६५५ जनाको मृत्यु भएको छ । ७२ लाख ९७ हजार ५३१ जना संक्रमित भएकोमा ५८ लाख ५५ हजार ९४२ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा २ लाख ६ हजार ७६४ जनाको मृत्यु भएको छ । ६४ लाख ६९ हजार ८९४ जना संक्रमित भएकोमा ५१ लाख ३ हजार ४३३ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा ३० हजार ३७० जनाको ज्यान गएको छ भने १२ लाख ७३ हजार २१३ संक्रमित छन् । संक्रमितमध्ये १० लाख ११ हजार ६४ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ६९२ जनाको मृत्यु भएको छ । २८ हजार ८२७ जना संक्रमित भएकोमा २३ हजार ९२६ जना संक्रमणमुक्त भएका छन् ।

 

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार  ६ : ३० बजे

आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं– नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

३५ वर्षपछि २६ परिवारले पाए जग्गाधनी प्रमाणपत्र

काभ्रे– काभ्रेको पाँचखाल नगरपालिकाका २६ परिवारले ३५ वर्षपछि आफूले भोगचलन

काठमाडौंको मखनटोलमा आगलागी, एक जनाको मृत्यु

काठमाडौं– काठमाडौं महानगरपालिका– २४ मखनटोलमा ग्यास चुहिएर आगलागी हुँदा एक

बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदै

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको छैटौँ तथा बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ