हाडनाता करणीको आरोपमा दाजुबहिनी पक्राउ « Khabarhub

हाडनाता करणीको आरोपमा दाजुबहिनी पक्राउ


१८ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु- हाडनाता करणीको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । महाकुलुङ गाउँपालिका २३ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।

एउटै आमाको पेटबाट जन्मिएका दाजु बहिनीले विवाह गर्न लागेको भन्दै आमाले प्रहरीमा उजुरी दिएकी थिइन ।

आमाले आफ्ना छोराछोरीले विवाह गर्न लागेको भन्दै प्रहरीमा उजुरी दिएपछि उनीहरु पक्राउ परेका छन् । बुधबार जिल्लाको महाकुलुङ गाउँपालिकाबाट २३ वर्षीय दाजु र १९ वर्षीय बहिनीले यस्तो गल्ती गर्न लागेपछि आमाले दिएको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको छ ।

प्रहरीका अनुसार दाजु बहिनीले प्रारम्भिक सोधपुछमा विवाह नै गर्न लागेको स्वीकार गरेका छन् । उनीहरुले विवाह गर्ने र आवश्यक परे गाउँ नै छाड्ने सहमति मै शारीरिक सम्पर्क समेत गरेको प्रहरी सामु बताएका छन्।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार  १० : ४४ बजे

रोल्पाको थबाङमा पहिरो: तीन जनाको मृत्यु, दुई घाइते र नाै जना बेपत्ता

रोल्पा – रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका ४४

‘युवा पुस्ताले चाहेको परिवर्तन प्रविधि, उद्यमशीलता र अवसर हो’

चितवन– चितवनका युवाले उद्यमशीलतालाई राजनीतिसँग जोड्नुपर्नेमा जोड दिएका छन् ।

कूटनीतिमा युवा अनुसन्धानकर्ताको भूमिका महत्त्वपूर्ण छ: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले ‘परराष्ट्र मन्त्रालय समर फेलोसिप

भीमफेदीमा कोदोखेती गर्ने किसानलाई अनुदान

मकवानपुर– मकवानपुरको भीमफेदी गाउँपालिकाले कोदोबालीतर्फ किसानलाई आकर्षित गर्न नगद अनुदान