बाँकेमा पनि प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमतिको उपचार | Khabarhub Khabarhub

बाँकेमा पनि प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमतिको उपचार


१८ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाँकेमा पनि गम्भिर प्रकृतिका बिरामीमा प्लाज्मा थेरापी विधिबाट कोरोनाको उपचार सुरु गरिएको छ ।

भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रकाशबहादुर थापाका अनुसार भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमितको उपचार शुरु गरिएको हो ।

डा थापाका अनुसार भेरी अस्पतालमा उपचारत २९ वर्षीय एक कोरोना संक्रमित पुरुषमा भदौं १६ गतेदेखि प्लाज्मा थेरापी विधिबाट उपचार सुरु गरिएको हो ।

भदौ १३ गते कोरोना पुष्टि भएर भेरी अस्पतालमा उपचारत ती पुरुषको स्वास्थ्य अवस्था भदौ १४ गतेदेखि गम्भिर बन्दै गएको थियो ।

शरीरमा अक्सिजनको मात्रामा कमी भइ अधिकतम मात्रामा अक्सिजन दिँदा पनि सुधार नभएपछि अस्पतालले आइसोलेसन वार्डमै ती पुरुषलाई प्लाज्मा थेरापी विधिबबाट उपचार शुरु गरेको थियो ।

प्लाज्मा थेरापी विधिबाट उपचार गरेपछि उनको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भइरहेको असपतालमा मेसु डा थापाले खबरहबलाई बताए ।

डा थापाले भने, ‘हाम्रो अस्पतालमा भदौ १६ गतेदेखि प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमितको उपचार सुरु भएको छ । एकजना पुरुषमा शरीरमा अक्सिजनको मात्रामा कमी भए अधिकतम मात्रामा अक्सिजन दिँदा पनि कुनै सुधार भएको थिएन, आइसीयुमा राख्नुपर्ने अवस्था आइसकेको थियो, तर हामीकहाँ आइसीयु थिएन,’ डा थापाले भने, ‘बिरामीको अवस्था गम्भिर बन्दै गएपछि हामीले आइसोलेसन वार्डमै राखेर प्लाज्मा थेरापी विधिबाट उपचार शुरु गर्‍यौ भदौ १६गते उहाँलाई प्जाज्मा दिइएको थियो । अहिले त उहाँको स्वास्थ्यमा निकै सुधार भएको छ ।’

डा थापाका अनुसार ती बिरामीलाई कोरोना निको भएका नेपालगञ्ज उपमहानगरपालिका –१ का वडाअध्यक्ष प्रमोद रिजालले प्लाज्मा दिएका हुन् ।

ती बिरामीमा प्लाज्मा थेरापी विधिबाट उपचार सफल भएमा अन्य गम्भिर प्रकृतिका बिरामीलाई पनि प्लाज्मा दिन सबै निको भएका संक्रमतिहरुलाई आग्रह गर्ने डा थापाले बताए ।

प्लाज्मा थेरापी विधिबाट उपचार गर्न निको भएका संक्रमतिहरुलाई सम्पर्कमा ल्याउन अस्पतालका फिजिसियन डाक्टर खगेन्द्रजंग शाहलाई जिम्मेवारी दिइएको डा थापाले बताए ।

यस्तै नेपालगञ्ज मेडिकल कलेजमा पनि एकजना बिरामीमा प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमितको उपचार सुरु गरिएको थापाले बताए ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार  ११ : १६ बजे

महोत्तरीमा ४५ हजार बढीलाई एचपीभी खोप दिइँदै

महोत्तरी– महोत्तरीमा करिब ४५ हजार किशोरीलाई पाठेघर मुखको क्यान्सरविरुद्ध एचपीभी

क्यान्सर नियन्त्रणका लागि चेतावनीमूलक सन्देश छाप्नुपर्ने निर्देशिका स्वीकृत

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले क्यान्सर नियन्त्रणका लागि

झापाका वृद्ध र महिलाको बदनाम हुने गरी सामाग्री बनाउने ३८ युट्युबरलाई कारबाही

काठमाडौं- झापाका एकजना वृद्ध र महिलाको व्यक्तिगत गोपनीयताको ख्याल नगरी

काठमाडौँ–तराई-मधेस द्रुतमार्ग आयोजनाबारे प्रधानमन्त्रीलाई ब्रिफिङ

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको

चितवन अदालतले रविलाई हिरासतमा पठायो

काठमाडौं – सहारा बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति