आफ्नै चेली आफ्नै सीडीयो « Khabarhub

आफ्नै चेली आफ्नै सीडीयो

नवलपुरमा पहिलो महिला सीडीयोको आगमन


१८ भदौ २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) जिल्लामा पहिलो पटक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी महिलाले सम्हाल्ने भएकी छन् ।

नवलपरासीपूर्वका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेलाई रुपन्देही जिल्लाको प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरिएपछि गृह मन्त्रालयकी सहसचिव मनमायाँ पंगेनी भट्टराईलाई नवलपरासीपूर्वमा प्रजिअको जिम्मेवारी दिइएको हो ।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट केही दिनअघि मात्रै पंगेनी गृह मन्त्रालयमा सरुवा भएर आएकी थिइन् । गृह मन्त्रालयकी सहसचिव पंगेनीलाई पहिलो पटक नवलपुरको महिला प्रजिअको रुपमा पठाइएको हो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थलाई प्रदेश ५ कै सामाजिक विकास मन्त्रालयमा सरुवा गरिएपछि रुपन्देही जिल्ला रिक्त थियो । सो ठाउँमा नवलपरासीपूर्वका प्रजिअ घिमिरेलाई पठाएसँगै पंगेनीलाई नवलपरासीपूर्वमा पदस्थापन गरिएको हो ।

नवलपुरकै चेली

राज्यको पुर्नसंरचनाका क्रममा नवलपरासी जिल्ला टुक्रिएपछि बनेको नवलपरासीपूर्व सबैभन्दा कान्छो जिल्ला हो । नवपरासीपूर्वमात्र नभई जिल्ला टुक्रिनु भन्दा अघिको नवलपरासी जिल्लामा नै यसअघि महिला प्रजिअको रुपमा कोही पनि आएका छैनन् ।

नवलपरासीपूर्वमा पहिलो पटक प्रजिअको भएर आएकी उनी यहाँकी चेली हुन् । नवलपरासीपूर्व मध्यबिन्दु नगरपालिका ११ अरुणखोलामा जन्मिएर सोही ठाउँबाट नै माध्यामिक तहको शिक्षा हासिल गरेकी पंगेनीलाई प्रजिअको रुपमा पाउँदा जिल्लाबासी हर्षित भएका छन् ।

जिल्लामा पहिलो पटक यहिँ जम्मिएर हुर्किएको आफ्नै चेलीलाई प्रमुख जिल्ला अधिकारीका रुपमा पाउँदा निकै खुशी लागेको स्थानीयले बताएका छन् ।

प्रकाशित मिति : १८ भदौ २०७७, बिहिबार  ७ : ३१ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने