धरानस्थित बीपी अस्पतालमा सप्तरीका २ कोरोना संक्रमितको मृत्यु | Khabarhub Khabarhub

धरानस्थित बीपी अस्पतालमा सप्तरीका २ कोरोना संक्रमितको मृत्यु


१८ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सप्तरीका दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रतिष्ठानका सूचना अधिकारी डाक्टर निदेश सापकोटाका अनुसार सप्तरीका ५५ वर्षका एक जना पुरुष र सप्तरीकै ५० वर्षका अर्का एक पुरुषको मृत्यु भएको हो ।

दुवै जना पुरुष सप्तरीको राजविराज–७ का स्थानीय हुन् ।

डा सापकोटका अनुसार ५५ वर्षका पुरुषमा १५ वर्षअघिदेखि मधुमेह र उच्च रक्तचापको समेत समस्या थियो ।

ती पुरुषमा भदौ ७ गते कोरोना पुष्टि भएको थियो । उनलाई स्वास्थ्यमा समस्या देखिएपछि छिन्नमस्ता अस्पताल सप्तरीले बीपी प्रतिष्ठानमा भदौ ४ गते रेफर गरेको थियो ।

भदौ ७ गते कोरोना पुष्टि भएपछि अस्पतालकै कोभिड वार्डको आईसीयुमा उपचाररत उनको आज दिउँसो १ बजेर १५ मिनेटमा मृत्यु भएको हो ।

यस्तै सप्तरीकै अर्का मृतक ५० वर्षका पुरुषमा पनि पहिला देखि नै मधुमेहको समस्या थियो ।

उनलाई ज्वरो, श्वासप्रश्वासमा समस्या र शरीर सिथिल हुने समस्या देखिएपछि भदौ १८ गते बीपी अस्पतालमा भर्ना भएका थिए ।

उनको आज दिउँसो २ बजेर २ मिनेटमा मृत्यु भएको र बिहीबार नै कोरोनाको रिपोर्ट पनि पोजेटिभ आएको डा सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार  ५ : ३० बजे

भारतीय ट्रकको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर

विराटनगर- विराटनगरमा मंगलबार साँझ भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको

सरकार र मेलम्चीका स्थानीयबीच जुट्यो सहमति

काठमाडौं– खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रका स्थानीयबीच

कास्कीबाट जेनजी आन्दोलनमा लुटपाट तथा आगजनी गर्ने पाँचजना पक्राउ

गण्डकी- कास्की प्रहरीले जेनजी आन्दोलनमा लुटपाट, तोडफोड तथा आगजनी गर्ने

नेपाल-भारत सीमानाकाको आवागमन सञ्चालन

महोत्तरी- छिमेकी मित्रराष्ट्र भारतको बिहार राज्यमा हुने विधानसभा निर्वाचनलाई मध्यनजर