बाढी-पहिरो पीडितको उद्धारमा परिचालित हुन नेकपाको निर्देशन « Khabarhub

बाढी-पहिरो पीडितको उद्धारमा परिचालित हुन नेकपाको निर्देशन


१८ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बाढीपहिराका कारण समस्यामा परेका नागरिकको राहत, उद्धार र पुनः स्थापनाका लागि पार्टीका नेता तथा कार्यकर्तालाई परिचालित हुन निर्देशन दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालय बैठकले बुधबार बाग्लुङको ढोरपाटनमा गएको पहिरामा परी जनधनको क्षति भएकामा दुःख व्यक्त गर्दै राहत, उद्धार तथा पुनः स्थापनाका लागि पार्टीका नेता तथा कार्यकर्तालाई परिचालित हुन निर्देशन दिएको हो ।

ढोरपाटनको बाढीमा परेर १४ जनाको निधन भएको छ भने करीब ३५ जना सम्पर्कविहीन भएका छन् । यस्तै केही स्थानीयवासी घाइते भएका छन् ।

बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने “बाग्लुडको ढोरपाटनमा बाढीबाट हुन गएको क्षतिप्रति सचिवालय बैठकले दुःख प्रकटका साथ मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै सरकारलाई राहत, उद्धारका लागि तीव्रताका साथ लाग्न आग्रह गरेको छ । यस्तै पार्टीका सबै कमिटीलाई उद्धार र राहतको काममा लाग्न निर्देशित गरेको छ ।”

बैठकमा कोभिड –१९ को निराकरणका सन्दर्भमा सरकारका तर्फबाट भएका कामकारवाहीका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

बैठकले सामाजिक सद्भाव सहिष्णुता कायम राख्दै सिंगो राष्ट्र एक जुट भएर विपद्का समयमा उद्धार, राहत, पुनःस्थापनाका लाग्न सबैलाई अपिल गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले पार्टीभित्र पछिल्ला दिनमा देखिएको विवाद समाधानका लागि महासचिव विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठित कार्यदलको प्रतिवेदनमाथि संक्षिप्त छलफल भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

कार्यदलबाट प्रस्तुत प्रतिवेदनका महत्वपूर्ण सुझावलाई आधार बनाउँदै आजको सचिवालय बैठकमा व्यक्त विचारलाई समेत ध्यान दिई अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आवश्यक कार्यसूची तयार पार्न बैठकले जिम्मा दिएको छ ।

यस्तै स्थगित स्थायी कमिटीको बैठक छिट्टै बोलाउने र पार्टीको नयाँ ठोस कार्ययोजनासहितको निर्णय प्रस्तावलाई अन्तिम मस्यौदा तयार पार्नसमेत अध्यक्षद्वयलाई जिम्मेवारी दिइएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार  १० : ५९ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील