बुटवलमा थप २ कोरोना संक्रमितको मृत्यु « Khabarhub

बुटवलमा थप २ कोरोना संक्रमितको मृत्यु


२० भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रूपन्देही- रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा थप २ कोरोना संक्रमितको मृत्यु भएको छ ।

केही दिनदेखि उपचाररत एक महिलाको आज बिहान र एक पुरूषको शुक्रबार राति मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमका अनुसार नवलपरासी प्रतापपुर गाउँपालिका–२ की ३७ वर्षीया महिलाको आज बिहान ६ बजे मृत्यु भएको हो । उच्च ज्वरो र श्वासप्रश्वास सम्बन्धी समस्या देखिएपछि उनी भदौ १७ गते अस्पताल भर्ना भएकी थिइन् ।

बुटवल ११ का ४० वर्षीय पुरूषको भने शुक्रबार राति ११:१० बजे मृत्यु भएको डा.गौतमले बताए । उनी यही भदौ १५ गते अस्पताल भर्ना भएका थिए ।

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार  ७ : ३९ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल