विश्वमा कोरोना :  ७० प्रतिशत निको, एकैदिन २ लाख २० हजार संक्रमणमुक्त | Khabarhub Khabarhub

विश्वमा कोरोना :  ७० प्रतिशत निको, एकैदिन २ लाख २० हजार संक्रमणमुक्त


२० भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  विश्वभर एकै दिन २ लाख २० हजारभन्दा बढी मानिस कोरोना संक्रमणमुक्त भएका छन् ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार एकै दिन २ लाख २० हजार ५०५ जना संक्रमणमुक्त भएका छन् । योसँगै शनिबार बिहानसम्म कोरोनाबाट निको हुनेको संख्या १ करोड ८८ लाख ९४ हजार ६६२ पुगेको छ । निको हुनेको यो संख्या कुल संक्रमितको ७० प्रतिशत हो ।

यो समाचार तयार पार्दासम्म विश्वभर २ करोड ६७ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा २ लाख ९२ हजार ५०९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २ करोड ६७ लाख ८४ हजार ८८ पुगेको हो ।

यस्तै एकै दिन थप ५ हजार ६४५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ८ लाख ७८ हजार १८५ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ९ हजार ४६६ जनाको मृत्यु भएको छ । ३७ लाख ४२ हजार ५५७ जना संक्रमित भएकोमा २१ लाख २५ हजार २२८ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ७८ हजार ६३९ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ७५ लाख ८० हजार २६ पुगेको छ । त्यसमध्ये ४४ लाख ४४ हजार १७४ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ४८ हजार ९२५ जनाको मृत्यु भएको छ । ७५ लाख २४ हजार ४२९ जना संक्रमित भएकोमा ६० लाख ३८ हजार ८३९ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा २ लाख १० हजार ४७ जनाको मृत्यु भएको छ । ६६ लाख १७ हजार ३३६ जना संक्रमित भएकोमा ५२ लाख २५ हजार ४५७ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा ३० हजार ९०५ जनाको ज्यान गएको छ भने १२ लाख ८९ हजार ८१७ संक्रमित छन् । संक्रमितमध्ये १० लाख २५ हजार ८७२ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ७७९ जनाको मृत्यु भएको छ । २९ हजार २०२ जना संक्रमित भएकोमा २४ हजार ४४१ जना संक्रमणमुक्त भएका छन् ।

 

 

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार  ७ : २० बजे

काठमाडौंको मखनटोलमा आगलागी, एक जनाको मृत्यु

काठमाडौं– काठमाडौं महानगरपालिका– २४ मखनटोलमा ग्यास चुहिएर आगलागी हुँदा एक

बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदै

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको छैटौँ तथा बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ

महालेखापरीक्षक कार्यालयले आज राष्ट्रपतिलाई वार्षिक प्रतिवेदन बुझाउने

काठमाडौं– महालेखापरीक्षकको कार्यालयले आज आर्थिक वर्ष २०८१–०८२ को वार्षिक प्रतिवेदन

उरुग्वेका पूर्वराष्ट्रपति जोसे मुजिकाको निधन

काठमाडौं– उरुग्वेका सामाजिक सुधारका प्रतीक मानिने पूर्वराष्ट्रपति जोसे मुजिकाको ८९