बंगलादेशको एक मस्जिदमा आगलागी हुँदा १२ को मृत्यु, कयौँ घाइते « Khabarhub

बंगलादेशको एक मस्जिदमा आगलागी हुँदा १२ को मृत्यु, कयौँ घाइते


२० भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- बंगलादेशमा रहेको एक मस्जिदमा भएको आगलागीमा कम्तीमा १२ जनाको मृत्यु भएको छ ।

एयर कन्डीसनरबाट भएको आगलागीको घटनामा जलेर कयौँ व्यक्तिहरू घाइते भएका छन् ।

बंगलादेशको नारायणगञ्ज जिल्लामा रहेको मस्जिदमा शुक्रबार राति आगलागी भएको हो । डढेको तथा प्लाष्टिक सर्जरी सम्वन्धी केन्द्रीय कार्यालयका संयोजक समानता लाल सेनले कम्तीमा १२ जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।

उनका अनुसार कम्तीमा ३७ जना जलेर घाइते भएका छन् । त्यसमध्ये ३५ जनाको अवस्था गम्भीर रहेको उनले जानकारी दिए । घाइते मध्ये अधिकांश ६० देखि ७० वर्षसम्ममा रहेका छन् । स्थानीय समयानुसार शुक्रबार राती नौ बजेतिर आगलागी भएको हो ।

अधिकारीहरुले ग्यास चुहावतको कारण भुई तलामा रहेको सवै आठ वटा एयर कन्डीसनरमा आगलागी भएको बताएका छन् । घटना भएको बेला मस्जिदमा झण्डै एक सय जना भक्तजनहरु प्रार्थना गरिरहेको बताइएको छ ।

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार  ४ : ०९ बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार