२४ घण्टामा थपिए १०४१ कोरोना संक्रमित, कुन जिल्लामा कति ? (विवरणसहित) | Khabarhub Khabarhub

२४ घण्टामा थपिए १०४१ कोरोना संक्रमित, कुन जिल्लामा कति ? (विवरणसहित)


२० भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १२ हजार ४७३ जनाको स्वाब परीक्षण गर्दा ३४९ महिला र ६९२ पुरूष गरी थप १०४१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले शनिबार नियमित लाइभ अपडेटमा जानकारी दिए ।

योसँगै कोरोना संक्रमितको संख्या ४५ हजार नाघेको छ । शनिबारको पछिल्लो विवरण अनुसार नेपालमा अब संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ ।

डा. गौतमका अनुसार प्रदेश १ का जिल्लाहरुमा इलामका एक जना, उदपयुरका ३ जना, ‍ओखलढुंगाका २ जना, झापाका ७  जना, मोरङका ३५ जना र सुनसरीका २० जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रदेश २ का जिल्लाहरुमा धनुषाका ७ जना, पर्साका १० जना , बाराका १३ जना,  महोत्तरीका २६  जना, सप्तरीका २० जना, सर्लाहीका १७  जना र सिरहका ४१जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै बागमती प्रदेशका जिल्लाहरुमा काठमाडौंका ३२६ जना, काभ्रेका ६ जना, चितवनका ४५ जना, दोलखाका ६ जना, धादिङका १० जना, नुवाकोटका एक जना जना,  भक्तपुरका ४५  जना, मकवानपुरका ३५  जना, रामेछापका ५ जना, ललितपुरका ३७ जना र सिन्धुलीका २ मा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका २३ जना, गोरखाका १७ जना, तनहुँका ३ नवलपरासी पूर्वका ५  जना, पर्वतमा एकजना, लमजुङका २२ जना, बाग्लुङका  ६ जना र स्याङ्जाका ३ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रदेश ५ का जिल्लाहरुमा अर्घाखाँचीका एकजना, कपिलवस्तुका एकजना, गुल्मीका ६जना, दाङका ३९ जना,  नवलपरासीका १३ जना, पाल्पाका ३ जना,प्युठानका एकजना, बर्दियाका ७ जना, बाँकेका ६२ जना, रुपन्देहीका ७१ जना र रोल्पाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै कर्णाली प्रदेशका जिल्लाहरुमा जाजरकोटका ३ जना, दैलेखका ३ जना, सल्यानका २ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा कंचनपुरका ५ जना, कैलालीका ४ जना, डडेल्धुराका एकजना, डोटीका २ जना र बझाङका १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

थप ९ को मृत्यु

यस्तै पछिल्लो २४ घण्टामा ९ जनासंक्रमितको मृत्यु भएको छ ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा अनुसार ३ जना महिला र ६ जना पुरुष गरी ९ जनाको मृत्यु भएको हो ।

मोरङकी ४३ वर्षीया महिला, मकवानपुरकी ५२ वर्षकी एक महिला र नवलपरासीकी ३७ वर्षकी महिलाको पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणले मृत्यु भएको छ ।

यस्तै पर्साका ७५ वर्षका एक पुरुष, महोत्तरीका ७८ वर्षका एक पुरुष, काठमाडौंका ४१, ५९ र ६५ वर्षका तीन पुरुष र रुपन्देहीका ४० वर्षका एक पुरुषको मृत्यु भएको हो ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८० पुगेको छ । कुल संक्रमितका आधारमा ० दशमलब ६२ प्रतिशतको मृत्यु भएको डा.गौतमले जानकारी दिए ।

 २४ घण्टामा १५६६ जना निको भए

पछिल्लो २४ घण्टामा थप १ हजार ५६६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २७ हजार १२७ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि शुक्रबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको २५ हजार ५६१ थियो ।

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार  ५ : ०३ बजे

मितेरी सहकारी प्रकरण : ज्योति भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरि काठमाडौं ल्याइयो

काठमाडौं – मितेरी सहकारी संस्थाको रकम अपचलन प्रकरणमा मुछिएका ज्योतिबहादुर

जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा

म्याग्दी – यहाँको अन्नपूर्ण गाउँपालिका भएर बग्ने कालीगण्डकी नदी किनारका

लिबियामा डुङ्गा डुब्दा कम्तीमा ६० आप्रवासीको मृत्यु भएको आशङ्का

त्रिपोली – लिबियाको तटीय क्षेत्रमा पछिल्लो एक सातामा एक जोडी

अमेरिकामा ज्यान गुमाएका ४ जनाको अन्त्येष्टिमा जान नपाएको परिवारको गुनासो

गोरखा – अमेरिकामा गोली लागेर मृत्यु भएका गोरखाका एकै घरका

गण्डकीमा सत्ताको चाबी बनेका मनाङेको राजनीतिक ‘इनिङ्स’ समाप्त

पोखरा – गण्डकी प्रदेशको सत्ता राजनीतिमा जब-जब सङ्कट आउँथ्यो, एक