रातो मच्छिन्द्रनाथको रथयात्रामा भएको प्रहरी हस्तक्षेपविरूद्ध रौतहटमा प्रदर्शन « Khabarhub

रातो मच्छिन्द्रनाथको रथयात्रामा भएको प्रहरी हस्तक्षेपविरूद्ध रौतहटमा प्रदर्शन


२० भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रातो मच्छिन्द्रनाथको रथयात्रा गर्न लाग्दा बिहीबार प्रहरीले ललितपुरको पुल्चोकमा हस्तक्षेप गरेको विरोधमा रौतहटमा प्रदर्शन भएको छ ।

कोरोना भाइरसको महामारीकाबीच रथयात्रा गर्न खोजिएपछि प्रहरीले पुल्चोकमा हस्तक्षेप गर्दै रथ नियन्त्रणमा लिएको थियो । सोक्रममा झडप हुँदा केही प्रहरी र प्रदर्शनकारी घाइते भएका थिए ।

उक्त घटनाको नेपाल विश्व हिन्दु महासंघ जिल्ला कार्य समिति रौतहटले नेवार समुदायमाथि सरकारले दमन गर्न खोजेको आरोप लगाउँदै प्रदर्शन गरेका हुन्।

महासंघका रौटहट जिल्ला अध्यक्ष त्रिभुवन ओझाको नेतृत्वमा गरूडामा भएको प्रदर्शन सहभागीहरूले हिन्दु धर्म, संस्कृति, परम्परा तथा रितीथितिलाई पाखा लगाउँदै राज्यले अन्य धर्म संस्कृतिलाई प्रबर्द्धन गर्न खोजेको आरोप लगाएका थिए ।

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार  ५ : ५२ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असोज ११ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज ११ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ११ गते आइतबार सन् २०२६

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा