रूपन्देहीमा जारी लकडाउन खुकुलो पार्दै एक साता थप « Khabarhub

रूपन्देहीमा जारी लकडाउन खुकुलो पार्दै एक साता थप


२० भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रूपन्देही- रुपन्देही प्रशासनले जारी गरेको लकडाउन केही खुकुलो बनाउँदै फेरि एक साता थपेको छ ।

जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले शुक्रबार गरेको सिफारिसबमोजिम जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले भदौ २८ गते १२ बजेसम्मका लागि लकडाउन आदेश जारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आइतबारदेखि व्यापार–व्यवसाय बिहान ११ देखि बेलुका ६ बजेसम्म खोल्न पाउने निर्णय गरेको छ ।

यस्तै अत्यावश्यक दैनिक उपभोग्य वस्तु र सेवा भने बिहान ९ बजेसम्म र बेलुका ५ देखि बेलुका ७ बजेसम्म चल्न पाउनेछन् ।

सरकारी कार्यालयहरुमा भीडभाड नहुने गरी व्यवस्था मिलाएर सुरक्षा तथा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गरी सेवा प्रवाहको व्यवस्था मिलाउन सङ्क्रमण ऐन, २०२० को दफा २ बमोजिम प्रमुख जिल्ला अधिकारी महादेव पन्तद्वारा आज जारी आदेशमा भनिएको छ ।

यस्तै जिल्लाभित्र सञ्चालित सबै प्रकारका बैंक तथा वित्तीय संस्थाहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी भीडभाड नहुने व्यवस्थासहित नियमित सेवा दिनसक्ने प्रजिअ पन्तले जारी गर्नुभएको आदेशमा उल्लेख गरिएको छ ।

उद्योग व्यवसायअन्तर्गतका नेपाल सरकारले तोकेको उद्योग वाणिज्य तथा आपूर्ति क्षेत्रले अपनाउनुपर्ने सुरक्षा मापदण्ड तथा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड विपरीतका काम गर्न रोक लगाएको छ ।

यस्तै सभा, गोष्ठी, तालिम, सिनेमा हल, पार्टी प्यालेस, हाटबजार, सपिङ कम्प्लेक्स, डिपार्टमेन्टल स्टोर, सैलुन, ब्युटीपार्लर, समूहमा खेलिने खेलकूद, पुस्तकालय, सङ्ग्रहालय, स्पा, स्विमिङ पुल, मनोरञ्जनस्थलहरु भने यसअघिकै आदेशअनुसार पूर्णरुपले बन्द रहनेछन् ।

प्रशासनले उद्योग व्यवसाय सञ्चालनका लागि स्वास्थ्य मापदण्डविपरीत श्रमिक तथा कामदार ओसारपसार गर्न पनि नपाउने र विभिन्न नाका प्रयोग गरेर गैरकानूनी रुपमा नेपाल भारत आउन जान पनि रोक लगाइएको छ ।

तर, नेपाल सरकारले आवतजावतका लागि तोकेको बेलहिया नाकाबाट हुने आवतजावतलाई भने खुल्ला रहने बताइएको छ ।

रुपन्देही जिल्ला हुँदै मुख्य राजमार्गमा अत्यावश्यक गाडी चल्न पाउने तर जिल्लाभित्र सरकारले अनुमति दिएकाबाहेक कुनै पनि गाडी चलाउन रोक लगाइएको छ ।

प्रशासनले जारी गरेको आदेशमा  अत्यावश्यकीय वस्तु र सेवाअन्तर्गत पर्ने औषधि, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, दूध, विद्युत्, सूचना सञ्चार, कार्यालय आउने जानेका गाडीलगायत क्षेत्रका गाडी सञ्चालनमा भने कुनै पनि किसिमले रोक लगाइएको छैन ।

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार  ६ : ०७ बजे

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइने

ललितपुर– ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नारासहित

कस्तो आउला मौद्रिक नीति ?

काठमाडौं– नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको लागि नयाँ मौद्रिक

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौं- कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापक रूपमा फैलिएको छ

‘सेलिब्रटीलाई अपराध गर्न छुट हो ?’

काठमाडौं- नाबालिग तथा विभिन्न युवतीसँग अवाञ्छित संवाद गरेको स्क्रिनसट सामाजिक

लोकतन्त्र र वामपन्थी आन्दोलन सिध्याउन भदौ २३ र २४ गते प्रतिगामी षडयन्त्र भयो : ओली

काठमाडौं- पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत