चितवनमा थप ३४ जनामा कोरोना भाइरसको संक्रमण « Khabarhub

चितवनमा थप ३४ जनामा कोरोना भाइरसको संक्रमण


२१ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – चितवनमा थप ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालको कोभिड ल्यावले शनिबार राति १२ बजे सार्वजनिक गरेको परीक्षणमा रिपोर्टमा चितवनका ३० सहित ३४ जनामा कोरोना पुष्टि भएको हो ।

चितवनस्थित भरतपुर अस्पतालको कोभिड ल्यावकी प्रमुख डा. नीतु अधिकारीका अनुसार संक्रमितहरू १० वर्षीय बालकदेखि ६६ वर्षका बृद्धसम्म छन् ।

भरतपुर नगरपालिकाका विभिन्न १३ वडाका १० वर्षीय बालकदेखि ६६ वर्षका बृद्धसम्म गरी १८ जना पुरूष र १० वर्षीया बालिकादेखि ५० वर्ष सम्मकी गरी १० जना महिलागरी चितवनका २९ जनामा संक्रमण पुष्टि भएको छ ।

चितवनकै राप्ती- २ का ३४ वर्षीय पुरूषमा पनि संक्रमण भएको छ ।

यस्तै नवलपुरको कावासोतीका २२ र ३२ वर्षका २ महिला, वुलिङटारका ३८ वर्षका एक पुरुष तथा कास्कीका ३० वर्षीय एक पुरूषमा पनि संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  ६ : १७ बजे

काठको मुढाले च्यापिएर बालकको मृत्यु

हुम्ला-काठको मुढाले च्यापिएर एक बालकको मृत्यु भएको छ। मुढाले च्यापिएर

संवैधानिक परिषदमा प्रधानमन्त्री र विपक्षी दलका नेताबीच भनाभन (वार्तासहित)

काठमाडौँ । बिहीबार संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश सिफारिस गर्याे ।

लिपुलेकबारे वार्तामा बस्न भारत तयार, चीनले दिएन कुनै प्रतिक्रिया

काठमाडौं । भारतले नेपालसँगको सीमा विवाद समाधानका लागि वार्तामा बस्न

प्रधानन्यायाधीश सिफारिसबारे धारणा बनाउन बारले डाक्यो बैठक

काठमाडौं । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा गरेको सिफारिसबारे धारणा बनाउन नेपाल

आफ्नो कारणले बदमान रामकृष्णलाई रविले यसरी लगाए मस्का

काठमाडौं – फिल्म निर्माता बनेका गायक रामकृष्ण ढकाल राष्ट्रिय स्वतन्त्र