विश्वमा कोरोना : २ करोड ७० लाखभन्दा बढी संक्रमित, ७० प्रतिशत निको | Khabarhub Khabarhub

विश्वमा कोरोना : २ करोड ७० लाखभन्दा बढी संक्रमित, ७० प्रतिशत निको


२१ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  विश्वभर २ करोड ७० लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ६९ हजार ३७८ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २ करोड ७० लाख ६१ हजार ३२६ पुगेको हो ।

यस्तै एकै दिन थप ४ हजार ८२२ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ८ लाख ८३ हजार ७०७ पुगेको छ ।

एकै दिन २ लाख १९ हजार ५०४ मानिस कोरोना संक्रमणमुक्त भएका छन् । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका आइतबार बिहानसम्म कोरोनाबाट निको हुनेको संख्या १ करोड ९१ लाख ६१ हजार ९०२ पुगेको छ । निको हुनेको यो संख्या कुल संक्रमितको ७०.८०९ प्रतिशत हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ९ हजार ७७८ जनाको मृत्यु भएको छ । ३७ लाख ७१ हजार ८८४ जना संक्रमित भएकोमा २१ लाख ५२ हजार ८०२ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ७९ हजार ९५० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ७६ लाख ३४ हजार ६२३ पुगेको छ । त्यसमध्ये ४५ लाख ३३ हजार १३८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ५० हजार ५०८ जनाको मृत्यु भएको छ । ७६ लाख ४१ हजार ५५ जना संक्रमित भएकोमा ६१ लाख ३३ हजार ३५९ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा २ लाख ११ हजार ५४६ जनाको मृत्यु भएको छ । ६६ लाख ८६ हजार ५०३ जना संक्रमित भएकोमा ५२ लाख ८३ हजार ६१७ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा ३१ हजार १३१ जनाको ज्यान गएको छ भने १२ लाख ९७ हजार ३२२ संक्रमित छन् । संक्रमितमध्ये १० लाख ३३ हजार ७३४ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ७७९ जनाको मृत्यु भएको छ । २९ हजार २१८ जना संक्रमित भएकोमा २४ हजार ६०१ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  ६ : १० बजे

आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं– नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

३५ वर्षपछि २६ परिवारले पाए जग्गाधनी प्रमाणपत्र

काभ्रे– काभ्रेको पाँचखाल नगरपालिकाका २६ परिवारले ३५ वर्षपछि आफूले भोगचलन

काठमाडौंको मखनटोलमा आगलागी, एक जनाको मृत्यु

काठमाडौं– काठमाडौं महानगरपालिका– २४ मखनटोलमा ग्यास चुहिएर आगलागी हुँदा एक

बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदै

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको छैटौँ तथा बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ