काठमाडौं– मंगलबार (आज) प्रकाशन भएको दैनिक नागरिक विभिन्न समाचार प्रकाशन गरेको छ ।
नागरिक दैनिकले पहिलो पृष्ठमा पदाधिकारी नआउँदै महिला आयोगमा पाँच नयाँ गाडी, अभिव्यक्तिमा अंकुश लगाउँदै विज्ञापन विधेयक, भेनेजुएलाकै पक्षमा नेकपा, नाममा अल्झिएको राजनीति शीर्षकका समाचारलाई प्रकाशन गरेको छ ।
नागरिक दैनिकका अनुसार पदाधिकारी नआउँदै महिला आयोगमा पाँच नयाँ गाडी खरिद भएको छ । नागरिक दैनिक अगाडि लेख्छ, डेढ वर्षदेखि पदाधिकारीविहीन महिला आयोगमा नयाँ नियुक्ति अझै भएको छैन ।
नियुक्ति कहिले हुने भन्ने टुंगो पनि लागिसेको छैन तर नयाँ आउने पदाधिकारीका लागि भन्दै पाँचवटा गाडी किनिसकिएको छ । मर्मत सम्भार गरी प्रयोग हुन सक्ने गाडी मर्मत गर्न र मर्मत हुन नसकेको गाडीको तत्काल लिलामी प्रकृया अघि बढाउन प्रधानमन्त्री कार्यालयले दिएको निर्देशन उल्लंघन गर्दै गाडी खरिद गरिएको हो ।
त्यस्तै नागरिकले नेकपा सचिवालय बैठकले पार्टी अध्यक्ष प्रचण्डले भेनेजुएला बारे जारी गरेको विज्ञप्तिलाई सदर गर्ने निर्णयलाई पनि प्राथमिकतामा राखेको छ ।
नागरिक दैनिकले प्रदेश २ सरकार स्थायी राजधानी र नाममा अल्झिएको समाचार प्रकाशन गरेको छ ।
त्यस्तै नागरिकले सबै प्रदेशबाट कांग्रेसको खबरदारीको समाचार दोस्रो पृष्ठमा प्रकाशन गरेको छ । आजको नागरिक दैनिकले अमेरिकासँग अन्योल शीर्षकमा सम्पादकीय लेखेको छ ।
प्रतिक्रिया