बाँकेका कोरोना संक्रमित पुरूषको उपचारका क्रममा मृत्यु « Khabarhub

बाँकेका कोरोना संक्रमित पुरूषको उपचारका क्रममा मृत्यु


२२ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगन्ज- बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका– ९ का ५९ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा आइतबार राति मृत्यु भएको हो ।

भदौ १२ गते स्वास्थ्यमा समस्या देखिएपछि उनको कोरोना परीक्षणका लागि भदौ १३ गते स्वाब लिइएको थियो ।

१५ गते पीसीआर रिपोर्ट पोजिटिभ आएपछि उनलाई बाँकेस्थित इन्द्रेणी होटलको आइसोलेसनमा सेन्टरमा राखिएकोमा १८ गते मेडिकल कलेज कोहलपुरमा भर्ना गरिएको थियो ।

तीन वर्षदेखि मुटुरोगको समस्यासमेत रहेका उनको कोहलपुरमा उपचारका क्रममा आइतबार राति साढे ८ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

योसँगै बाँकेमा कोरोनाले मृत्यु हुनेको संख्या सात पुगेको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  ७ : ०४ बजे

अमेरिका–इजरायलद्वारा इरानका ऊर्जा सुविधामा आक्रमणको तयारी : रिपोर्ट

वासिङ्टन– अमेरिकाले इरानमाथि दबाब बढाउने उद्देश्यले केही दिनभित्रै इरानका ऊर्जा

निर्मल पुर्जाको निधन

काठमाडौं- चर्चित आरोही निर्मल पुर्जाको निधन भएको छ । पाकिस्तानको

सुदूरपश्चिम विश्वविद्यालयमा प्रवेश परीक्षा दिन गएका विद्यार्थीको मृत्यु

महेन्द्रनगर– कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको व्यवस्थापन संकायको छतबाट हाम फालेर

ब्रोड पिकमा उद्धार अभियान जारी, ड्रोनले थप शव देखेको दाबी

पाकिस्तान-पाकिस्तानस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिक (८,०४७ मिटर) मा

खजुरा क्यान्सर अस्पतालका ४४ उपकरण मर्मत

 नेपालगञ्ज– बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा लामो समयदेखि