कोरोना ‘भ्याक्सिन’२०२१ को मध्यसम्ममा पनि आउने सम्भावना न्यून : डब्ल्यूएचओ « Khabarhub

कोरोना ‘भ्याक्सिन’२०२१ को मध्यसम्ममा पनि आउने सम्भावना न्यून : डब्ल्यूएचओ


२२ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले सन् २०२१ को मध्यसम्ममा वृहत स्तरमा कोरोना भाइरसविरुद्धको कुनै खोप नआउने जनाएको छ ।

अहिलेसम्म कुनै पनि भ्याक्सिन कोरोना विरुद्धको प्रभावशाली नठहरिएकोले अर्को वर्षको मध्यसम्म केहि भन्न नसकिने डब्ल्यूएचओले बताएको हो ।

डब्ल्यूएचओकी प्रवक्ता मार्गरेट ह्यारिसले कोरोना भ्याक्सीनको प्रभाव र सुरक्षालाई हेरेर मात्र प्रयोग गरिने बताएकी छन् । अहिले विभिन्न कम्पनीका भ्याक्सिनहरु परीक्षणको अन्तिम चरणको ट्रायलमा छ ।

कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण अरेक दिन जसो नै हजारौँ मानिसहरुको मृत्यु भएको छ भने लाखौँ मानिसहरु संक्रमित भएका छन् ।

गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलो पटक देखिएको कोरोना भाइरसको महामारी विश्वव्यापी फैलिएको छ ।

वैज्ञानिकहरु कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनाउन अहोरात्र खटिएका छन् तर पूर्ण रुपमा सफलता भने हात लाग्न सकेको छैन ।

रुस र चीनले कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनाएको बताएका छन । तर उनीहरुको भ्याक्सिनको ट्रायल अन्तिम चरणको बाँकी नै रहेकोले डब्ल्यूएचओले यसलाई मान्यता दिएको छैन ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  ८ : २७ बजे

समाजवादी व्यवस्थाले वर्तमान समस्या समाधान गर्न सक्छः बिजुक्छें

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले समाजवादी

झण्डा जलाएर रास्वपाले आफ्नो अभद्रता देखायो : ओली

बिर्तामोड – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झण्डाको रक्षा

लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने सात चालक नियन्त्रणमा

काठमाडौं – ट्राफिक प्रहरीले लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने

मुलुकका सबै समस्या समाधान गर्न नेकपा सक्षम छ : झलनाथ खनाल

काठमाडौं – पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ