एकै परिवारका चार जनामा कोरोना संक्रमण | Khabarhub Khabarhub

एकै परिवारका चार जनामा कोरोना संक्रमण


२२ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका कार्यालयमा कार्यरत एक व्यक्तिका परिवारका चार जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ ।

शुक्लाफाँटा नगरपालिका– ११ का स्थायी बासिन्दा रहेका कार्यालय सहयोगीसहित उनकी श्रीमती, बज्यै र ठूली आमामा कोरोनाको संक्रमण देखिएको हो ।

नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टका अनुसार चार जनासँगै पिसिआर परीक्षणका लागि स्वाब लिइएकामध्ये छोरीको स्वाबको नतिजा भने नेगेटिभ आएको छ ।

कैलालीको धनगढीमा रहेको सिपी अस्पतालमा कार्यरत कार्यालय सहयोगीका २२ वर्षीया श्रीमतीमा कोरोनाको संक्रमण देखिएको थियो ।

भेट्न जाने क्रममा परिवारका अन्य व्यक्तिलाई समेत कोरोनाको सङ्क्रमण भएको अनुमान गरिएको छ । श्रीमतीमा कोरोनाको संक्रमण भएको पाइएपछि सम्पर्कमा आएका परिवारका सदस्यको कन्ट्रयाक्ट ट्रेसिङ गर्दा परिवारका तीन जनामा कोरोनाको संक्रमण भएको पाइएको हो ।

परिवारका अन्य सदस्यमा कोरोनाको संक्रमण भएको पाइएको छैन । कोरोनाको संक्रमणको आशंका भएपछि पिसिआर परीक्षणका लागि स्वाब दिएको चार दिनदेखि नै क्वारेन्टिनमा बस्दै आएको कार्यालय सहयोगीले बताए ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  २ : ५० बजे

ओली नेतृत्व सरकारको एक वर्षमा थपियो दुई खर्ब बढी सार्वजनिक ऋण

काठमाडौं– गत आर्थिक वर्ष (आव) ०८१–८१ को एक वर्षको अवधिमा

अविरल वर्षाले रिडी–वामीटक्सार र दशरथचन्द राजमार्ग अवरुद्ध

गुल्मी– गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध बनेको छ । सोमबार रातिदेखि

मसलाबाली खेती गर्ने किसानलाई अनुदान

म्याग्दी– फलफूल, तरकारी, खाद्य र मसलाबाली खेती गरेका किसानलाई गण्डकी

विद्यार्थीले तयार पारेका नागको चित्र टाँस्दै मटेरीवासी

पाल्पा- पाल्पाकाे रामपुर नगरपालिका–५ मटेरीस्थित रामपुर आधारभूत विद्यालयका विद्यार्थीले अष्टनाग

पहलगम आक्रमणका योजनाकार मारिए

श्री नगर – पहलगम आक्रमण भएको तीन महिनापछि आर्मीको पारा