दशगजामा भारतीयको कुटपिटबाट घाइते एक नेपालीको मृत्यु | Khabarhub Khabarhub

दशगजामा भारतीयको कुटपिटबाट घाइते एक नेपालीको मृत्यु


२२ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राजविराज— भारतीयहरूको कुटपिटबाट गम्भीर घाइते भएका एक नेपालीको मृत्यु भएको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–६, कटैयाका ५५ वर्षीय रामदेव यादवको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) तिलक भारतीका अनुसार नेपाल–भारत सीमाको दशगाजा क्षेत्रमा नेपालीको धानबाली भैँसीलाई खुवाएको विषयमा विवाद हुँदा रामदेवमाथि कुटपिट भएको थियो । घटना यही भदौ ६ गतेको हो ।

गम्भीर घाइते रामदेवको उपचारको क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार मृत्यु भएको हो ।

दशगाजा क्षेत्र नजिक नेपालीको खेतमा लगाएको धानबालीमा भारत, बिहारको मधुवनी जिल्ला, लौकही प्रखण्ड, ग्राम करयौत निवासी भैँसी चरवाहरूले आफ्ना भैँसी छाडेका थिए । आफ्नो धानबालीमा भैँसी चरेको देखेर रामदेव र उनका छोरा ३० वर्षीय ललनकुमारले भैँसी धपाउने प्रयास गरेका थिए ।

यस क्रममा भनाभन र विवाद हुँदा भैँसी चरवा भारतीयहरूले बाबुछोरालाई कुटपिट गरेका थिए । इलाका प्रहरी चौकी पातोका प्रहरी नायब निरीक्षक (सई) नवीनकुमार झाका अनुसार बाबुछोरामाथि लाठी र बाँसको भाटाले कुटपिट भएको थियो । कुटपिटबाट रामदेवको करङ भाँचिएको तथा पेट र टाउकोमा गम्भीर चोट लागेको थियो ।

रादेवलाई तत्काल राजविराजस्थित छिन्नमस्ता अस्पताल भर्ना गरिएकोमा थप उपचारको लागि विराटनगर रेफर भएको थियो । रामेदवका छमेकी अनिलकुमार यादवका अनुसार विराटनगरमा कुनै पनि अस्पतालले भर्ना लिन नमानेपछि धरान लगिएको थियो । सामान्य घायते भएका छोरा ललनकुमार स्थानीय अस्पतालमा उपचारपछि फर्केका थिए ।

कुटपिटको आरोपमा एक भारतीय नागरिक नेपाल प्रहरीको नियन्त्रणमा छन् । भारत, बिहारको मधुवनी जिल्ला लौकही प्रखण्ड ग्राम करयौत निवासी १९ वर्षीय प्रदीपकुमार यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको डिएसपी भारतीले जानकारी दिए ।

घटना ढाकछोप गर्न स्थानीय केही नेताहरूले गोप्य बैठकहरू गरेको र पैसा दिएर मिलाउन खोजेको पीडित पक्षको आरोप छ । घटनाबारे बुझ्न डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख इन्दुदेवी यादवलाई फोन गर्दा उनका श्रीमान् ओमप्रकाश यादवले फोन उठाए । उक्त घटनाबारे जिज्ञासा राख्दा उनले आफूलाई जानकारी रहेको र घटनापछि आफू पनि पुगेको बताए ।

ओमप्रकाशले दिएको जानकारी अनुसार भारतीयहरूले रामदेवलाई कुटपिट गरेर भारततिर लगेका थिए । यता नेपालीहरूले कुटपिटमा संलग्न एक जनालाई समातेर प्रहरीमा बुझाएका थिए भने अर्का एक भारतीयलाई आफ्नै घेरामा राखेका थिए ।

घटनापछि दुई पक्षबीच वार्ता हुँदा भारतीयले घाइते रामदेवलाई मुक्त गर्ने र उपचार खर्च बेहोर्ने तथा नेपालीले घेरामा राखेका एक जनालाई भारतीयहरूको जिम्मा लगाउने सहमति भयो ।

ओमप्रकाशका अनुसार भारतीयहरूले उपचार खर्चवापत ८० हजार रुपैयाँ रामदेवका परिवारजनलाई बुझाए । उक्त रकम छिन्नमस्ता अस्पतालमा खर्च भयो । विपन्न परिवारका रामदेवलाई गाउँलेहरूले चन्दा संकलन गरेर विराटनगर हुँदै धरान पु¥याए तर उपचार सफल हुन सकेन ।

मृतक रामदेवको सोमबार दाहसंस्कार भएको छ । ओम प्रकाशका अनुसार घटनाबारे भारतीयहरूसँग छललफल गर्ने प्रयास भइरहेको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  ४ : ०८ बजे

अस्ट्रेलियाको चुनावमा सत्तारुढ लेबर पार्टी विजयी

काठमाडौं– अस्ट्रेलियामा आयोजित संसदीय निर्वाचनमा सत्तारुढ लेबर पार्टी विजयी भएको

पत्रकारलाई प्रधानमन्त्रीको शुभकामना : आवाज नथुनिऊन्, कलम नथाकून्

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व प्रेस स्वतन्त्रता दिवसका

उपचारका लागि मुम्बई पुगेका अछामका वडासदस्य बेपत्ता

धनगढी– अछाम चौरपाटी गाउँपालिका-४ पायलका वडा सदस्य दीपेन्द्र बहादुर बोहरा

बीमा बोर्डको भुक्तानी क्षमता बढाउन जनशक्ति थप्ने स्वास्थ्य मन्त्रीको प्रस्ताव स्वीकृत

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा बोर्डको

नीति तथा कार्यक्रम एमालेमय भयो : जीवन परियार

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले गठबन्धन सरकारको