काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शन हल बनाउन उपराष्ट्रपतिको सुझाव « Khabarhub

काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शन हल बनाउन उपराष्ट्रपतिको सुझाव


२७ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– उपराष्ट्रपति नन्दबहादुर पुनले राजधानी काठमाडौंमा एउटा अन्तर्राष्ट्रियस्तरको प्रर्दशनी हल बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

उपराष्ट्रपति पुनले प्रर्दशनीका लागि हलको व्यवस्था नभएको उल्लेख गर्दै काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको र जिल्ला–जिल्लामा पनि प्रर्दशनी हलको व्यवस्था हुने गरी आगामी आर्थिक वर्षमा बजेटको व्यवस्था गर्न सरकारलाई सुझाव दिए ।

बुधबारबाट ललितपुरको नःटोलस्थित मदन स्मारक माध्यामिक विद्यालयको प्राङगनमा सुरु भएको ‘ललित अन्तराष्ट्रिय व्यापार मेला’को उद्घाटन गर्दै उनले भृकुटीमण्डपमा भएको प्रर्दशनी हल पूरानो भइसक्दा पनि नयाँ प्रर्दशनी हलको व्यवस्था गर्न नसक्नु मुलुकको लागि लाजमर्दो विषय भएको बताए ।

उपराष्ट्रपति पुनले मुलुकको समृद्धि र विकासको बाधकको रुपमा रहेको भ्रष्टाचार नियन्त्रणका लागि सबै पक्ष एकतावद्ध भएर पहल गर्न जरुरी रहेको बताए ।

कार्यक्रममा बोल्दै ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनले ललितपुरको कला र संस्कृतिलाई अन्तराष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने उद्देश्यका साथ सो मेला आयोजना गरिएको बताए ।

उनले ललितपुरमा रहेका कलाका नयाँ–नयाँ प्रतिभाहरुलाई बाहिर ल्याउन पनि सो प्रर्दशनीले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

५ दिनसम्म चल्ने मेलामा ललितपुरका हस्तकलाका सामग्रीहरुलाई विशेष आकर्षणको रुपमा राखिएको छ । भारत, चीन, पाकिस्तान, बंगलादेशसहित १ सय भन्दा बढी स्टल रहेको मेलामा करिव ५ लाखले अवलोकन गर्ने र ५ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार  ३ : २५ बजे

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा खगराज नियुक्त, आजै सपथ गराइँदै

काठमाडौं– सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेकपाका खगराज भट्ट नियुक्त भएका

बरामद सञ्चारसामाग्रीसहित किशोर श्रेष्ठलाई सर्वोच्चमा उपस्थित गराउन आदेश

काठमाडौं– सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदनमा

रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

रोल्पा– रोल्पाको सुनछहरि गाउँपालिका–२ स्थित फलबाङ गाउँमा बिहीबार राति पहिरोले

झापाका किसानलाई मलको अभाव नहुने

भद्रपुर– कृषि सामग्री कम्पनी लिमिटेडले जिल्लामा मलको आपूर्ति निरन्तर गरिरहेको

होल्डिङ सेन्टरमा मृत्यु प्रकरण : शव टिचिङमा, परिवारले सरकारसँग राखे १२ बुँदे माग

काठमाडौं – वैकल्पिक व्यवस्थाबिनै घरटहरा भत्काएर विस्थापित गरिएका हिरालाल हजारा