न्याय सम्पादनमा ध्यान दिन आग्रह « Khabarhub

न्याय सम्पादनमा ध्यान दिन आग्रह


२२ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विशेष अदालतका अध्यक्ष न्यायाधीश शिवराज अधिकारीले न्याय सम्पादन र सुशासन कायम गर्न राष्ट्रसेवक कर्मचारीको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

अदालतले आज १७ औँ निजामती सेवा दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा उनले निजामती कर्मचारीबिना न्याय निरुपणको कल्पना पनि गर्न नसकिने स्पष्ट पारे ।

अध्यक्ष अधिकारीले न्यायिक सुशासन कायम गर्न सबै कर्मचारीले आ–आफ्नो पेशागत, निष्ठा, लगनशीलता र इमान्दारीतामा ध्यान दिनुपर्नेमा जोड दिए ।

अदालतमा वरिष्ठतम सदस्य न्यायाधीश कृष्ण गिरीले राष्ट्रसेवक कर्मचारीले व्यावसायिक जीवनको हरेक क्षणमा आफ्नो कार्यकुशलता र आफूमा अन्तरनिहित क्षमता प्रदर्शन गरेर सेवा प्रवाहमा ध्यान दिन आग्रह गरे ।

सो अवसरमा वर्षभरिमा उत्कृष्ट कार्य सम्पादन गर्ने नायव सुब्बा रामकृष्ण सापकोटा र हलुका सवारी चालक अमृतबहादुर सुनुवारलाई अध्यक्ष अधिकारीले सम्मानपत्र तथा नगद पुरस्कार प्रदान गरेका थिए ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  ७ : ४८ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब