लिबियाबाट नेपाली सेना फर्काउन पहल « Khabarhub

लिबियाबाट नेपाली सेना फर्काउन पहल


२७ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले लिबियास्थित संयुक्त राष्ट्रसंघीय कार्यालय सुरक्षामा खटिएका नेपाली सैनिकलाई फिर्ता गराउन पहल शुरु गरेको छ ।

विद्रोही समूह लिबियन नेसनल आर्मी (एलएनए)ले राजधानी त्रिपोलीमा आक्रमण गरेसँगै त्यहाँ रहेका राष्ट्रसंघीय कर्मचारी फिर्ता भइसकेका कारण सरकाले नेपाली सेनालाई फिर्ता गराउने पहल थालेको हो ।

नेपाली सेनाका प्रवक्ता सहायकरथी यामप्रसाद ढकालले त्यहाँबाट नेपाली सेनालाई फिर्ता गराउन पहल थालिएको जानकारी दिए । प्रवक्ता ढकालले खबरहब सँग भने– ‘नेपाली सैनिकलाई पनि विद्रोही सैनिकबाट सुरक्षा खतरा हुनसक्ने भन्दै फर्काउन पहल भएको हो । अहिले राष्ट्रसंघ महासचिवका विशेष प्रतिनिधि गासन सलामे त्यहीँ रहेका कारण उनको सुरक्षार्थ नेपाली सैनिक खटिएका छन् ।’

सैनिक प्रवक्ता ढकालका अनुसार अहिले विद्रोही समूहले त्रिपोलीस्थित अन्तर्राष्ट्रिय विमानस्थललाई ‘नो फ्लाइ जोन’ घोषणा गरेका छन् । तर, ट्युनिसिया जाने सडकमार्ग बन्द भएको छैन ।

त्यहाँको युएन मिसनका केही स्टाफलाई सडकमार्गबाट ट्युनिसिया पु¥याउन थालिएको छ । अहिले मिसनमा दुई सय ३१ जना नेपाली शान्ति सैनिकमा कार्यरत छन् । उनीहरू सबै सुरक्षित रहेको प्रवक्ता ढकालले जानकारी दिए ।

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार  ६ : १३ बजे

तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए

हुम्ला– हुम्ला हुँदै हिन्दूहरूको पवित्र तीर्थस्थल मानसरोवर र कैलाश दर्शन

रास्वपा भोजपुरको सभापतिमा भुजेल

भोजपुर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भोजपुरको सभापतिमा ख्याम भुजेल निर्वाचित

बयलगाडाले किचेर घाइते बालकको मृत्यु

बरहथवा– सर्लाहीको बरहथवामा बयलगाडाले किचेका बालकको आज उपचारका क्रममा मृत्यु भएको

कास्की प्रहरीको ‘स्विप अप्रेसन’, ४० जना कारबाहीमा

गण्डकी– समाजमा अवैध गतिविधि, गुण्डागर्दी र शान्तिसुरक्षामा खलल पुर्‍याउने कार्यविरुद्ध जिल्ला

प्रधानमन्त्री शाहको ‘फेसबुक पोस्ट’ले सामाजिक सञ्जालमा बहस

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल फेसबुकमा राखेको एउटा