ग्यास्ट्रिकको समस्या छ ? यसरी घरमै गर्न सकिन्छ पेटको सफाइ « Khabarhub

ग्यास्ट्रिकको समस्या छ ? यसरी घरमै गर्न सकिन्छ पेटको सफाइ


२५ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

हामीले खाने खानाले नै जीवन चलिरहेको छ । खानामा हुने तत्वले गर्दा हाम्रो शरीरले शक्ति पाउँछ ।

तर, कहिलेकाहीँ हामीले स्वास्थ्यलाई ख्याल नगरी खाना खाइरहेका हुन्छौं । यसबारेमा थाहा पनि पाएका हुँदैनौं । यस्तो खानाले खासगरी पेटमा समस्या निम्त्याउने गर्छ ।

तर, पेट सफा गर्न पनि सकिन्छ ।

पेट सफा गर्नका लागि खाना खाइसकेपछि मेथी, ज्वानो र बिरेनुन मिसाएर खाँदा स्वास्थ्यलाई फाइदा पुग्छ । यी तीन चीज खाँदा पेटमा ग्यास बन्न पाउँदैन ।

त्यस्तै तपाईंले एक पोटी लसुन र किसमिस खानाले पनि पेट स्वस्थ राख्न सकिन्छ । लसुन किसमिसले पेटमा जम्मा भएको खराब हावालाई बाहिर निकाल्न सहयोग गर्छ ।

यति मात्र होइन, अदुवाको टुक्रामा नुन छर्किएर खाँदा पनि पेटलाई फाइदा पुग्छ । दिनमा ३ पटक अदुवा र नुन खाँदा ग्यास्ट्रिक पनि निको हुन्छ । साथै समयमा भोक पनि लाग्छ ।

यदि तपाईंसँग ज्वानो र नुन छ भने यी दुईलाई मिलाएर खाँदा पेटमा हुने समस्याबाट छुटकारा पाउन सकिन्छ । साथै ग्यास्ट्रिकबाट पनि जोगिन सकिन्छ ।

– एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार  ४ : ०३ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु