भारतीय विदेशमन्त्रीले चिनियाँ विदेशमन्त्रीसँग रुसमा भेट्ने | Khabarhub Khabarhub

भारतीय विदेशमन्त्रीले चिनियाँ विदेशमन्त्रीसँग रुसमा भेट्ने


२५ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मस्को –  भारतका विदेशमन्त्री एस जयशंकरले आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग रुसमा भेटवार्ता गर्ने भएका छन् ।

सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को विदेश मन्त्रीहरुको बैठकका क्रममा उनीहरुबीच भेटवार्ता हुन लागेको हो । रुसको राजधानी मस्कोमा बिहीबार उनीहरुबीच भेटवार्ता हुने तय भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

भारत र चीनका बीचमा सीमा विवाद चर्किदै गइरहेका बेला ती देशका विदेशमन्त्रीहरुका बीच हुन लागेको भेटवार्तालाई महत्वका साथ हेरिएको छ ।

भारतका र चीनको सिमानामा पर्ने लद्दाखका केही ठाउँमा भिडन्त समेत भएका समाचारहरु आएका थिए । गत शुक्रबार पनि भारतीय रक्षा मन्त्री राजनाथ सिंह र चिनियाँ रक्षा मन्त्री जनरल वाई फेङ्गबीच मस्कोमै भेटवार्ता भएको थियो ।

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार  ४ : ४७ बजे

पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

राजविराज– यहाँको सुरुङ्गा नगरपालिका–२ स्थित हर्दियाको पोखरीमा डुबेर आज दुई

सुपर टाइफुन रागासा नजिकिँदा चीनका १० सहरमा विद्यालय-व्यवसाय बन्द

एजेन्सी– सुपर टाइफुन रागासा दक्षिण चीनतर्फ नजिकिँदै जाँदा मंगलबार कम्तीमा

काभ्रेमा दसैँभर टिपर सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक– जिल्ला प्रशासन कार्यालय काभ्रेले दसैँभर जिल्लामा मालवाहक सवारीको साधन

एक खुट्टाले नाचेर चर्चित भएकी नृत्याङ्गना तथा मोडल सीता सुवेदीको निधन

काठमाडौं– एक खुट्टाले नाचेर प्रसिद्धि कमाएकी नृत्याङ्गना तथा मोडल सीधा

बेनीमा कपडा बैंक सञ्चालन

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ को कार्यालयमा कपडा बैंक स्थापना भएको