पाङगोङ सोका ३० क्षेत्र भारतीय सेनाको नियन्त्रणमा « Khabarhub

पाङगोङ सोका ३० क्षेत्र भारतीय सेनाको नियन्त्रणमा


२५ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- चीन-भारत सीमा विवाद बढ्दै जाँदा भारतीय सेनाले सीमा गस्तीलाई तीव्रता दिएको छ ।

भारतीय सञ्‍चारमाध्यम द प्रिन्टका अनुसार भारतीय सेनाले पाङगोङ सोको दक्षिणी क्षेत्रका ३० वटा क्षेत्रहरु नियन्त्रणमा लिएको छ । जुन यसअघि नियन्त्रणमा अथवा आंशिक नियन्त्रणमा थिए।

पूर्वी लद्दाखमा वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भारतीय र चिनियाँ सेनाबीच पछिल्लो तानातानीपछि भारतीय सेनाले यस्तो कदम चालेको हो ।

सरकारी स्रोतका अनुसार रेजाङ ला र रेकिन ला दुबै इलाकासहित स्पेङगुर गापमा प्रभुत्व जमाएका छन र २७ देखि ३१ सम्मको गस्ती पोइन्ट निर्धारण गरिएको छ । यसमा ब्ल्याक टप, हानान, हेलमेट, गुरुङ हिल, गोरखा हिल र मगर हिलको पहाडहरुमा पनि भारतीय सेनाले नियन्त्रणमा लिएको छ ।

पूर्वी लद्दाखमा भएको झडपअघि यी इलाकाहरुमा भारतीय सेना थिएनन् अथवा आंशिक नियन्त्रणमा थिए ।

जुन भएमा हिंसात्मक झडपपछि आफ्नो सीमा रक्षामा थप आक्रामक बनेको भारतीय सेनाले सुदृढीकरण गर्दै गएको छ । जबकि अन्य केही पछिल्ला दिनहरुमा कब्जा गरिएका छन् ।

भारतीय सेनाले पाङगोङ सोको दक्षिणी किनारमा पीएलए गतिविधि अघि बढाएपछि “एकतर्फी तथ्यलाई परिवर्तन गर्ने चिनियाँ अभिप्रायलाई असफल बनाइएको छ ।”

यो कदमले भारतको पक्षलाई वार्ताको टेबलमा बस्दा पनि डिल गर्न सहज तुल्याउने स्रोतले जनाएको छ ।

पूर्वी लद्दाखमा झन्डै १६ सय वर्ग किलोमिटरको विवादित क्षेत्र रहेको छ, जसमध्ये करिब ३५० वर्ग किलोमिटर पाङगोङ सोको दक्षिणमा रहेको छ । अर्को १,२५० वर्ग किलोमिटर झीलको उत्तरी क्षेत्रहरूमा विवादित छ र यसमा डेप्साङ मैदानमा १,००० वर्ग किमी छ ।

पूर्व कोर्प्स कमाण्डर लेफ्टिनेंट जनरल पीजेएसएस पन्‍नू (सेवानिवृत्त) ले दक्षिणी ब्यांकले भारतीय सेनालाई उत्तरी ब्यांकमा भएका गतिविधिहरू अनुगमनको क्षेत्रमा फाइदा पुर्‍याउने बताएका थिए ।

“चिनियाँहरूले पनि दक्षिणी किनारमा सैनिक गस्तीमा कडाइ पारेको छ, किनकि भारतीय सेनाले यस क्षेत्रमा केही महत्वपूर्ण उचाइमा नियन्त्रण कायम राखेको छ ।”

भारतीय सेना र चिनियाँ सेनाबीच तानातानी र झडपकै स्थिति रहेकोले एक अर्काको सामना गर्नुपरेको बेला एलएसीको अवस्था अझै तनावपूर्ण छ ।

सेना प्रमुख जनरल एमएम नरभाने लद्दाख क्षेत्रको सुरक्षा अवस्था र परिचालन तयारीको समीक्षा गर्न बिहीबार लेहको दुई दिने भ्रमणको लागि प्रस्थान गरेका छन् ।

यसभन्दा पहिले प्रकाशित रिपोर्ट अनुसार भारतीय सेनाका विशेष इकाइहरू उच्चस्थानमा छन् ।

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार  १२ : ४५ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको