विश्वमा कोरोना : २ करोड ८३ लाख संक्रमित, ९ लाख १३ हजारको मृत्यु « Khabarhub

विश्वमा कोरोना : २ करोड ८३ लाख संक्रमित, ९ लाख १३ हजारको मृत्यु


२६ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  विश्वभर २ करोड ८३ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा ३ लाख १ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २ करोड ८३ लाख १६ हजार ५६६ पुगेको हो ।

यस्तै एकै दिन थप ५ हजार ९८४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ९ लाख १३ हजार २८४ पुगेको छ ।

एकै दिन २ लाख ३६ हजार ६८३ मानिस कोरोना संक्रमणमुक्त भएका छन् । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका शुक्रबार बिहानसम्म कोरोनाबाट निको हुनेको संख्या २ करोड ३ लाख २८ हजार ४२८ पुगेको छ । निको हुनेको यो संख्या कुल संक्रमितको ७१ प्रतिशत हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ११ हजार ५६२ जनाको मृत्यु भएको छ । ३९ लाख ५३ हजार ९३९ जना संक्रमित भएकोमा २२ लाख ९ हजार ३९८ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ८५ हजार ५६२ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ७८ लाख ३३ हजार ५०९ पुगेको छ । त्यसमध्ये ४७ लाख ३९ हजार ९६४ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ५९ हजार ६७ जनाको मृत्यु भएको छ । ८२ लाख २८ हजार ३१९ जना संक्रमित भएकोमा ६६ लाख ३५ हजार ३४२ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा २ लाख २३ हजार ९६४ जनाको मृत्यु भएको छ । ६९ लाख ३३ हजार ७५५ जना संक्रमित भएकोमा ५६ लाख ४४ हजार ८५१ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा ३२ हजार १७८ जनाको ज्यान गएको छ भने १३ लाख ३६ हजार ४०७ संक्रमित छन् । संक्रमितमध्ये १० लाख ७२ हजार ७७८ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ८१९ जनाको मृत्यु भएको छ । २९ हजार ७२७ जना संक्रमित भएकोमा २५ हजार ५४१ जना संक्रमणमुक्त भएका छन् ।

 

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  ५ : ५५ बजे

वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत

 बाजुरा– यहाँको वीरेखोला झरनामा भीषण बाढी आउँदा झण्डै दुई दर्जन

निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सरकारको स्पष्ट नीति

लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच

काठमाडौं- ‘हेपाटाइटिस बी’ खोपको परीक्षणमा प्रयोग गरिएका चिम्पान्जी संरक्षण केन्द्रमा

सिमकोटमा विद्युत् आपूर्ति बन्द

हुम्ला– जिल्ला सदरमुकाम सिमकोटमा अनिश्चितकालका लागि विद्युत् सेवा अवरुद्ध हुँदा

उद्धार कार्यमा राज्य र सरकार अझ जिम्मेवार बन्नुपर्छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले