अधिकमासमा लाग्ने मच्छेनारायण मेला स्थगित | Khabarhub Khabarhub

अधिकमासमा लाग्ने मच्छेनारायण मेला स्थगित


२६ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अधिकमास परेका बेला चन्द्रागिरि नगरपालिका–९ स्थित मच्छेनारायणमा लाग्ने स्नान मेला यस वर्ष कोरोना भाइरसको महामारीका कारण स्थगन गरिएको छ ।

यस वर्ष असोज २ गतेदेखि असोज मसान्तसम्म अधिकमास अर्थात मलमास परेको छ । काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फैलँदै गएकाले त्यसबाट बच्न जारी निषेधाज्ञाका कारण हजारौँ मानिसको भीड हुने मच्छेनारायण मेला स्थगन गरिएको नगर प्रमुख घनश्याम गिरीले जानकारी दिए ।

पुरुषोत्तम माससमेत भनिने अधिकमास परेका बेला मच्छेनारायण गई स्नान गरी मालपुवा दान गरेमा भगवान् नारायण खुसी हुने धार्मिक विश्वास छ । एक महिनामा लाखौँ भक्तजनको भीड लाग्ने मेलाका कारण कोरोना फैलन सक्ने भयले मेला स्थगन गरिएको नगरपालिकाले जनाएको छ ।

कोरोनाका कारण यस वर्ष इन्द्रजात्रासमेत क्षमापूजा गरेर मनाइएको थियो । रातो मच्छेन्दनाथको रथयात्रा ढिला गरी साङ्केतिक रूपमा गरिए पनि भोटो नदेखाई जात्रा समापन गर्ने तयारी सरोकार भएका निकायले गरेका छन ।

अधिकमासका बेला मच्छेनारायण क्षेत्रमा २० सौँ लाख धार्मिक पर्यटक मच्छेनारायणको पूजा आराधनाका लागि जाने गर्थे । मच्छेनारायण मेला स्थगन गरिए पनि अधिकमासका बेला त्यहाँको नारायण मन्दिरमा पुरुषोत्तम भगवानलाई गरिने विशेष पूजा आराधना भने यथावत रहेको नगरपालिकाले जनाएको छ ।

भगवान् विष्णुका दश अवतारमध्ये पहिलो मत्स्य अवतार यहीँको कुण्डमा भएको विभिन्न धार्मिक किताबमा उल्लेख गरिएको छ । मत्स्यनारायणका रूपमा भगवानले पहिलो अवतार लिएको स्थान भए पनि यहाँको विकासमा सरकारले ध्यान नदिएको स्थानीयवासी राम श्रेष्ठले बताए ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  ९ : ४४ बजे

नेपाल प्रिमियर लिग : कीर्तिपुरमा सुरक्षा व्यवस्था कडा (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को लागि टियु रंगशालामा समर्थकहरूको

प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलना मुद्दा

काठमाडौं– सर्वोच्च अदालतमा प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दर्ता

प्रचण्ड नेतृत्वको नेकपासँग एकताबारे छलफलमा अशोक राईको जसपा

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीसँग एकीकरणबारे छलफल गर्न अशोक राई नेतृत्वको

सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन

काठमाडौं– सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ ।

बक्स अफिसमा कमाल गर्न सकेन ‘जारी २’ले

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘जारी