सुत्नुअघि र खाना खाइसकेपछि चिया पिउनु स्वास्थ्यका लागि घातक ! « Khabarhub

सुत्नुअघि र खाना खाइसकेपछि चिया पिउनु स्वास्थ्यका लागि घातक !


२६ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चिया पिउनु मानिसहरुका लागि अत्यावश्यक जस्तै बनिसकेको छ । तपाई चियाको सौखिन हुनुहुन्छ भने चिया पिउने सही समय पनि थाहा पाउनु जरुरी छ।

किनकी गलत समयमा चिया पिउनु तपाईका लागि घातक हुन सक्छ । गलत समयमा चिया पिउँदा त्यसले स्वास्थ्यमा धेरै नकरात्मक असर पुर्‍याउन सक्छ ।

कुन कुन समयमा चिया पिउन हुँदैन भन्ने विषमाय यहाँ उल्लेख गरिएको छः

बेड टी:  प्राय मानिसको बानी हुन्छ, बिहान बेडमै चिया पिउने। यदि तपाई ती व्यक्तिमध्ये हुनुहुन्छ, जसले दिनको शुरुवातमा ‘बेड टी’बाट गर्नुहुन्छ भने तुरुन्तै तालिका परिवर्तन गर्नुहोस्।

‘बेड टी’ले तपाईको शरीरमा एसिडको मात्रा मात्र बढाउँदैन, मुखको स्वास्थ्यलाई पनि प्रभावित गर्छ। साथै बिहानै चिया पिउँदा शरीरमा टोक्सिनको मात्रा पनि बढ्छ।

खानापछि चिया: खाना खाएपछि चिया पिउनु पनि स्वास्थ्यका लागि हानिकारण हुन्छ। यसले पाचन प्रक्रियामा गम्भीर असर पर्छ। खाना खानेवित्तिक चिया पिउँदा पाचन प्रक्रिया ढिलो हुँदै जान्छ। चियामा रहेको फेनोलिक कम्पाउन्डले पाचन प्रक्रियामा बाधा पु-याउँछ, जसले गर्दा शरीरले प्रोटीन र आयरनलाई राम्ररी पाउँदैन।

सुत्नअघि चिया

चिया तथा कफिमा क्याफिन हुन्छ, जुन अनिन्द्रा जस्ता रोगको कारण बन्न सक्छ। क्याफिनको मात्राले शरीरमा कोर्टिसोल नाम तत्वलाई बढाउँछ, जसका कसारण मुटुसँग सम्बन्धित समस्या, मधुमेह, अनियमितता र तौल बढ्ने हुन्छ।

आइरन र क्याल्सियमसँग चिया

यदि तपाई आइरन र क्याल्सियमको मिश्रण लिनुहुन्छ भने त्यस समय चिया नपिउनुहोस् । एकै समयमा चिया र आइरन–क्याल्सियमको मिश्रण लिनाले मिश्रणको सबै फाइदा नाश हुन्छ । चियामा पाइने तत्वले आइरन र प्रोटिनलाई सोस्छ ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  ८ : ४८ बजे

धादिङ दुर्घटनाको उद्धार सकियो : मृतक १८ जनामध्ये दुई विदेशी नागरिक

काठमाडौं – पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौदी

धादिङ दुर्घटना अपडेट : मृतकको संख्या १८ पुग्यो, २५ जना घाइते

काठमाडौं – पोखराबाट काठमाडौं आउँदै गरेको बस त्रिशूली नदीमा खस्दा

निर्वाचन १० दिन बाँकीः निर्वाचन प्रचारमा नजान जनप्रतिनिधिलाई आग्रह

काठमाडौं – निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन प्रचारप्रसारमा सहभागी

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

धादिङ दुर्घटना अपडेट : चार महिला र १३ पुरुषको शव भेटियो

काठमाडौं – पोखराबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस धादिङमा दुर्घटनामा