नौ बुँदे मागसहित राजपाले देशव्यापी प्रदर्शन गर्दै | Khabarhub Khabarhub

नौ बुँदे मागसहित राजपाले देशव्यापी प्रदर्शन गर्दै


२७ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनता पार्टी नेपालले शुक्रबार सबै जिल्लामा प्रर्दशन तथा कोणसभा गर्ने भएको छ ।

बुधबार बसेको अध्यक्ष मण्डलको बैठकले संविधान संशोधनसहित नौ बुँदे माग राख्दै सबै जिल्लामा कोणसभा र प्रर्दशन गर्ने निर्णय गरेको हो । रेशम चौधरीलाई कञ्चनपुर जिल्ला अदालतले जन्मकैद सजाय सुनाएपछि सरकारलाई दिएको समर्थन फिर्ता लिँदै रुष्ट बनेको राजपा सडक आन्दोनमा उत्रिएको हो ।

त्यसैगरी राजपाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, संविधान संशोधन गर्नुपर्ने, रेशम चौधरीलाई रिहा गर्नुपर्ने, मधेस आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता लिनुपर्ने माग अघि सारेको प्रवक्ता केशव झाले जानकारी दिए ।

त्यस्तै जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता दिनुपर्ने, भ्रष्टाचारी, कालोबजारी नियन्त्रण गर्नुपर्ने, राष्ट्रिय अखण्डता र एकतालाई बलियो बनाउनु पर्नेलगायतका माग अघि सारिएको महासचिव झाले बताए ।

बैठकमा महाधिवेशनको तयारीका बारेका पनि छलफल भएको र बैठक बिहीबार पुन बस्ने राजपाले जनाएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार  ७ : ५५ बजे

भाटभटेनी लुटपाटमा कांग्रेस नेताका छोरा पक्राउ परेको राप्रपा अध्यक्ष लिङ्देनको दाबी

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गत

पाइपलाइनमा ८८ कम्पनीका ५५ अर्बको आईपीओ

काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ८८ कम्पनीका ५५

संसदमा वर्षमानले भने- यो सरकार बनेपछि जनतामा व्यापक निराशा र असन्तुष्टि बढ्यो

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले ठूला

शुक्लागण्डकीमा फोहोर व्यवस्थापन गर्न त्रिपक्षीय सम्झौता

तनहुँ– जिल्लाको शुक्लागण्डकी नगरपालिकामा फोहोर व्यवस्थापन तथा वातावरण संरक्षण गर्न

सात दिनभित्र दर्ता हुन नआए मेटालाई नेपालमा प्रतिबन्ध लगाउँछौँ : सञ्चारमन्त्री गुरूङ

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ७ दिनभित्र दर्ता