नौ बुँदे मागसहित राजपाले देशव्यापी प्रदर्शन गर्दै « Khabarhub

नौ बुँदे मागसहित राजपाले देशव्यापी प्रदर्शन गर्दै


२७ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनता पार्टी नेपालले शुक्रबार सबै जिल्लामा प्रर्दशन तथा कोणसभा गर्ने भएको छ ।

बुधबार बसेको अध्यक्ष मण्डलको बैठकले संविधान संशोधनसहित नौ बुँदे माग राख्दै सबै जिल्लामा कोणसभा र प्रर्दशन गर्ने निर्णय गरेको हो । रेशम चौधरीलाई कञ्चनपुर जिल्ला अदालतले जन्मकैद सजाय सुनाएपछि सरकारलाई दिएको समर्थन फिर्ता लिँदै रुष्ट बनेको राजपा सडक आन्दोनमा उत्रिएको हो ।

त्यसैगरी राजपाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, संविधान संशोधन गर्नुपर्ने, रेशम चौधरीलाई रिहा गर्नुपर्ने, मधेस आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता लिनुपर्ने माग अघि सारेको प्रवक्ता केशव झाले जानकारी दिए ।

त्यस्तै जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता दिनुपर्ने, भ्रष्टाचारी, कालोबजारी नियन्त्रण गर्नुपर्ने, राष्ट्रिय अखण्डता र एकतालाई बलियो बनाउनु पर्नेलगायतका माग अघि सारिएको महासचिव झाले बताए ।

बैठकमा महाधिवेशनको तयारीका बारेका पनि छलफल भएको र बैठक बिहीबार पुन बस्ने राजपाले जनाएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार  ७ : ५५ बजे

अमेरिका-इरान शान्ति सम्झौतापछि कच्चा तेलको मूल्यमा भारी गिरावट

काठमाडौँ – अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि शान्ति सम्झौता

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

विश्वकपमा जापानको सनसनीपूर्ण प्रदर्शन: नेदरल्यान्ड्स २–२ को बराबरीमा रोकियो

टेक्सस – खेलको अन्तिम समयमा डैची कमदाले गोल गरेपछि जापानले

अमेरिका-इरान शान्ति सम्झौताको १४ बुँदे मस्यौदा सार्वजनिक

काठमाडौँ – अमेरिका र इरानबीच तय भएको ‘शान्ति सम्झौता’ को

अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि ऐतिहासिक ‘शान्ति सम्झौता’

काठमाडौँ – अमेरिका र इरानबीच जारी युद्ध अन्त्यका लागि दुवै