चितवनका वृद्धाको मृत्युपछि कोरोना पुष्टि | Khabarhub Khabarhub

चितवनका वृद्धाको मृत्युपछि कोरोना पुष्टि


२६ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- पुरानो मेडिकल कलेजमा उपचाररत एक वृद्धाको मृत्युपछि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

मृत्यु हुनेमा रत्ननगर नगरपालिका–२ की ७८ वर्षीया महिला छिन् । दमको समस्याले यही भदौ २३ गते अस्पतालमा भर्ना भएकी उनको २४ गते अपराह्न उपचारका क्रममा कोभिड सघन उपचार कक्षमा मृत्यु भएको थियो ।

मृत्युपछि आज बिहान आएको पिसिआर नतिजामा उनमा कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । यससँगै जिल्लाका अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ ।

एक वृद्धाको घरमा नै मृत्यु भएको थियो । चितवनका १४, मकवानपुरका पाँच, नवलपरासी (बर्दघाट सुस्तापूर्व) का तीन तथा बारा, गोरखा र कैलालीका एक/एक जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  २ : २३ बजे

प्रधानमन्त्री कप बैतडी छनोटः जनसेवाको उत्कृष्ट सुरुआत

बैतडी – प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको बैतडी छनोट

वर्षाले देशभर कृषि र पशुपन्छी क्षेत्रमा तीन अर्ब ५५ करोडको क्षति

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत असोजमा भएको

लागूपदार्थ सेवन गरी सवारीसाधन चलाउने पाँच जना नियन्त्रणमा

काठमाडौं–  ट्राफिक प्रहरीले लागूपदार्थ सेवन गरी सार्वजनिक सवारीसाधन चलाउने पाँच

त्रिभुवन विमानस्थलको धावनमार्गको बत्तीमा समस्या आएपछि…

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको बत्तीमा समस्या आएपछि विमानस्थलमा उडान