नेपालमा थपिए १ हजार ४५४ कोरोना संक्रमित « Khabarhub

नेपालमा थपिए १ हजार ४५४ कोरोना संक्रमित


२६ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

मन्त्रालयका अनुसार  काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ९७२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३६ हजार ६७२पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यसअघि विहीबार तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३५ हजार ७०० थियो ।

मन्त्रालयका अनुसार शुक्रबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३२२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६२०, ललितपुरमा ३८ र भक्तपुरमा ३८ जना गरी जम्मा ६९६ जना संक्रमित थपिएका छन् ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  ४ : ३० बजे

प्रविधि प्रयोगले लागत र समयको बचत, उत्पादनमा वृद्धि

पर्सा – एक दशकअघिसम्म बाराको फेटागाउँपालिका–३ त्रिवेणीका किसान पारस ठाकुरलाई

यू–२० साफ च्याम्पियनसिप : भुटानमाथि नेपालको जित

काठमाडौंं – यू–२० साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले भुटान पराजित

हतुवागढीको सेवा अब आधुनिक प्रशासनिक भवनबाट

भोजपुर – यहाँको दक्षिणी भेगमा अवस्थित हतुवागढी गाउँपालिकाको नवनिर्मित प्रशासनिक

६ महिनापछि कृषि औजार कारखाना पुगेका महावीर पुन भोजभतेरमा व्यस्त

काठमाडौं- राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा पूर्वमन्त्री डा. महावीर पुन