भोटो नदेखाइ रातो मच्छिन्द्रनाथको मूर्तिलाई बुङमती लगियो | Khabarhub Khabarhub

भोटो नदेखाइ रातो मच्छिन्द्रनाथको मूर्तिलाई बुङमती लगियो


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रातो मच्छिन्द्रनाथको जात्र अन्तर्गत आज मूर्तिलाई बुङमती लगिएको छ ।

वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथलाई पुल्चोकस्थित रथबाट ओरालेर सानो खटमा चारजना पुजारीले बोकेर बुङमती लगेका हुन् ।

मीननाथको रथ भने पुल्चोकबाट तानेर टंगलस्थित उनकै मन्दिरमा पुर्‍याउन त्यसतर्फ तानिएको छ । कोभिड–१९ का कारणले यस वर्ष पाटनको कोरबस्तीभित्र रथ यात्रासँगै लगनखेलमा नरिवल खसाल्ने र जावलाखेलमा भोटो जात्रा भने रोकियो ।

यसअघि साउन १० गते मत्स्येन्द्रनाथलाई तबहालबाट पुल्चोक पुर्‍याएर त्यहँ रथारोहण गरिएको थियो ।

रथ यात्रा गर्ने विषयमा सरोकारवाला निकायले महिनौं दिन अनिर्णयको बन्दी बनाएको भन्दै भदौ १८ गते स्थानीय स्वत:स्फूर्त रुपमा बाहिर आएर रथ करिब २ सय मिटर तानेपछि प्रहरीसँग झडप भएको थियो ।

त्यसपछि भदौ २१ गते सांकेतिक रुपमा १० मिटर रथ तानेर रथयात्रा औपचारिक रुपमा समापन गरिएको थियो ।

आज साइतभित्र मच्छिन्द्रनाथको मूर्तिलाई रथबाट ओरालेर खटमा राखेर बुङ्गमतीतर्फ लगिएको दैवज्ञ ज्योतिष कीर्तिकिरण जोशीले जानकारी दिए ।

विगतमा भोटो जात्राका दिन भोटो देखाएपछि मात्र मूर्तिलाई रथबाट ओरालेर बुङ्गमती लगिने गरिएकोमा यस वर्ष भोटो जात्रा नगरिकन रथबाट मूर्तिलाई निकालेर सोझै बुङ्गमतीतर्फ लगिएको उनले बताए ।

असोज १ गते बिचा पूजासँगै यसवर्षको रातो मच्छिन्द्रनाथको जात्रा सम्पन्न हुनेछ ।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ३ : ५३ बजे

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय

इरानले भन्यो – अमेरिकासँग वार्ताबारे निर्णय गर्न समय लाग्छ

एजेन्सी – इरानका विदेशमन्त्री सैयद अब्बास आराघचीले संयुक्त राज्य अमेरिकासँग

पारदर्शी र खुला प्रक्रियाद्वारा जहाज थप गरिँदैछ : मन्त्री पाण्डे

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल