भोटो नदेखाइ रातो मच्छिन्द्रनाथको मूर्तिलाई बुङमती लगियो « Khabarhub

भोटो नदेखाइ रातो मच्छिन्द्रनाथको मूर्तिलाई बुङमती लगियो


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रातो मच्छिन्द्रनाथको जात्र अन्तर्गत आज मूर्तिलाई बुङमती लगिएको छ ।

वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथलाई पुल्चोकस्थित रथबाट ओरालेर सानो खटमा चारजना पुजारीले बोकेर बुङमती लगेका हुन् ।

मीननाथको रथ भने पुल्चोकबाट तानेर टंगलस्थित उनकै मन्दिरमा पुर्‍याउन त्यसतर्फ तानिएको छ । कोभिड–१९ का कारणले यस वर्ष पाटनको कोरबस्तीभित्र रथ यात्रासँगै लगनखेलमा नरिवल खसाल्ने र जावलाखेलमा भोटो जात्रा भने रोकियो ।

यसअघि साउन १० गते मत्स्येन्द्रनाथलाई तबहालबाट पुल्चोक पुर्‍याएर त्यहँ रथारोहण गरिएको थियो ।

रथ यात्रा गर्ने विषयमा सरोकारवाला निकायले महिनौं दिन अनिर्णयको बन्दी बनाएको भन्दै भदौ १८ गते स्थानीय स्वत:स्फूर्त रुपमा बाहिर आएर रथ करिब २ सय मिटर तानेपछि प्रहरीसँग झडप भएको थियो ।

त्यसपछि भदौ २१ गते सांकेतिक रुपमा १० मिटर रथ तानेर रथयात्रा औपचारिक रुपमा समापन गरिएको थियो ।

आज साइतभित्र मच्छिन्द्रनाथको मूर्तिलाई रथबाट ओरालेर खटमा राखेर बुङ्गमतीतर्फ लगिएको दैवज्ञ ज्योतिष कीर्तिकिरण जोशीले जानकारी दिए ।

विगतमा भोटो जात्राका दिन भोटो देखाएपछि मात्र मूर्तिलाई रथबाट ओरालेर बुङ्गमती लगिने गरिएकोमा यस वर्ष भोटो जात्रा नगरिकन रथबाट मूर्तिलाई निकालेर सोझै बुङ्गमतीतर्फ लगिएको उनले बताए ।

असोज १ गते बिचा पूजासँगै यसवर्षको रातो मच्छिन्द्रनाथको जात्रा सम्पन्न हुनेछ ।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ३ : ५३ बजे

विश्वकप खेलेका दक्षिण अफ्रिकाका ‘मिडफिल्डर’ एडम्सको २५ वर्षको उमेरमा निधन

काठमाडौं – अमेरिका क्यानाडा र मेक्सिकोमा जारी विश्वकपमा दक्षिण अफ्रिकाको

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली – यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी

बाँके – वैदेशिक रोजगारीबाट फर्किएका युवाले स्वदेशमै रोजगारी र उद्यम

कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसीटिभी जडान

कपिलवस्तु – जिल्लाका १० वटै स्थानीय तहका विभिन्न चोक, बजार

रासायनिक मलको माग बढेकाले आपूर्तिमा समस्या भयो : मन्त्री चौधरी

भरतपुर – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यस वर्ष