कोरिया रोजगारी : महिलाको आकर्षण बढ्यो, भाषा परीक्षा पास गर्ने ९ हजार जानै पाएनन् | Khabarhub Khabarhub

कोरिया रोजगारी : महिलाको आकर्षण बढ्यो, भाषा परीक्षा पास गर्ने ९ हजार जानै पाएनन्


२८ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-पछिल्लो समय कोरियन भाषा परीक्षा पास गरेर रोजगारीका लागि करिया जाने नेपाली महिलाको संख्या बढ्दै गएको छ । सन् २००८ यता इपीएस भाषा परीक्षा उत्तीर्ण गरी ३ हजार ५ सय ४५ जना महिला रोजगारीका लागि कोरिया पुगेको वैदेशिक रोजगार इपिएस कोरिया शाखाको तंथ्याकमा उल्लेख छ ।

सन् २००८ मा पहिलो वर्ष ८१ जना महिला दक्षिण कोरिया रोजगारीका लागि पुगेका थिए । यो संख्या बढेर २०१९ मा आईपुग्दा ३ सय ५ सय ४५ पुगेको शाखाले जानकारी दिएको छ । गएको एक दशकमा इपिएस प्रणालीमार्फत ५९ हजार ६ सय ९८ जना कोरिया रोजगारीका लागि पुगेका शाखाको तंथ्याकमा उल्लेख गरिएको छ । जसमा महिलाको संख्या पनि उल्लेख भएको देखिन्छ । रोजगारीका लागि पुगेका ५९ हजार ६ सय मध्ये हाल कोरियामा करिब ४० हजार नेपाली कार्यरत रहेको शाखाले जानकारी दिएको छ ।

सन् २००८ मा २ हजार ७६ सय ३३ पुरुष र ८१ महिला गरी २ हजार ८ सय १४ जना कोरियन भाषा पास गरी कोरिया पुगेका थिए । सन् २००९ मा भने कोरिया जाने कामदारको संख्या घटेको थियो । यो वर्ष १ हजार ८ सय पुरुष र ६४ जना महिला गरी जम्मा १ हजार ९ सय ११ जना कोरिया गएको शाखाले जनाएको छ । सन् २०१० देखि यो संख्या निरन्तर वृद्धि हुँदै आएको छ । यो वर्ष १ हजार ९ सय पुरुष र ४ सय २२ महिला गरी २ हजार ३ सय ३९ जना कोरिया गए ।

यस्तै, २०११ मा ३ हजार ८ सय ४६ पुरुष र १ सय ३७ महिला गरी ३ हजार ९ सय ८३ जना कोरिया रोजगारीमा गएको शाखाको तंथ्याकमा छ । सन् २०१२ मा ६ हजार ३ सय ३२ जनामा १ सय ३७ जना, सन् २०१३ मा ५ हजार ४६ जनामा १ सय ८३ जना महिला, सन् २०१४ मा ६ हजार २८ जनामा ४ सय ४१ जना महिला, २०१५ मा ५ हजार ८ सय ६६ जनामा ४ सय ६ जना महिला, २०१६ मा ८ हजार ७९ जनामा ५ सय ७८ महिला, २०१८ मा ७ हजार ८ सयमा ३ सय ७६ महिला र २०१९ मा ९ सय ८३ जनामा ५८ जना महिला रोजगारीका लागि कोरिया गएको शाखाको तंथ्याकमा उल्लेख छ । सन् २०१६ मा सबैभन्दा बढी ५ सय ७८ जना महिला दक्षिण कोरिया रोजगारीका लागि गएका थिए ।

कोरियाको रोजगारीप्रति पछिल्लो समय महिला आकर्षण बढदै गएको शाखाका प्रमुख कृष्णप्रसाद खनालले बताए छन् । इपिएस प्रणालीमार्फत कोरिया सरकारले नेपाली कामदारको कोटा वार्षीक रुपमा बृद्धि गरिरहेको शाखा प्रमुख खनालले बताए । उनले भने, ‘नेपाली महिलाका लागि कोरिया सुरक्षित भएका कारण पनि उनीहरूको रोजाईमा कोरिया पर्ने थालेको हो । विगत केही वर्षदेखि नेपाली महिलाको रोजगाइमा कोरियाको रोजगार पर्ने थालेको छ ।’ सन २०१२ देखि कोरिया सरकारले नेपालका लागि कोटा वृद्धि गरिरहेको उनको भनाइ छ ।

कोरियाको रोजगारी नेपाली युवाका लागि आकर्षक बन्दै गएकाले नेपाल सरकारले पनि कोटा वृद्धि गर्न पहल गरिरहेको शाखा प्रमुख खनालले जानकारी दिए ।

कोरियाली रोजगारदाताका नजरमा नेपाली कामदार इमान्दार, मेहेनती र अवैधानिक बस्नेको संख्या कम हुदाँ अन्य देशको कोटा काटेर भएपनि नेपालका लागि कोटा बढाइरहेको शाखाले जानकारी दिएको छ ।

भाषा पास गर्ने कोरिया जान पाएनन

सरकारीस्तरमा श्रम सम्झौता गरी सन् २००८ बाट इपिएस प्रणालीमार्फत नेपाली कामदार कोरिया जान थालेका थिए । सन् २००८ देखि २०१६ को बीचमा कोरियन भाषा परीक्षा पास गरेपनि ९ हजार ४ सय रोजगारीका लागि कोरिया जान अयोग्य ठहर भएको शाखाले जानकारी दिएको छ ।

२००८ देखि २०१९ सम्ममा जम्मा ६९ हजार ९८ जनाले इपीएस भाषा परिक्षा उत्तीर्ण गरेमा ५९ हजार ६ सय ९८ जना रोजगारीका लागि कोरिया पुगेको शाखाले जानकारी दिएको छ । जसमा भाषा परिक्षा उत्तीर्ण गरेपनि सम्झौता पत्र समयमा नआउदाँ उनीहरु जान नपाएको शाखाले जनाएको छ । भाषा पास गरेको दुई वर्षभित्र कोरिया नपुगे उनीहरुको जान पाउँदैनन् । यसरी भाषा पास गरेपनि समयमा भिसा नआए सोही तह खारेज हुने व्यवस्था छ ।

कोरियाले नेपालसहित १६ देशबाट कामदार आपूर्ति गर्दै आइरहेको छ । अन्य देशका तुलनामा अवैधानिक भई कोरिया बस्ने नेपाली कामदारको संख्या कम भएको, लगनशील र इमान्दार भएका कारण कोरियाले समेत नेपाली कामदारलाई प्राथमिकता दिँदै आएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहीबार  ७ : ०५ बजे

रविलाई काठमाडौं ल्याउने तयारी, सशस्त्र र नेपाल प्रहरी परिचालन

काठमाडौं– सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि रुपन्देही कारागारमा थुनामा रहेका

सुक्खा पहिरो खस्दा हेटौंडा–काठमाडौं जोड्ने सडक अवरुद्ध

बागमती– सुक्खा पहिरो खस्दा हेटौंडा–काठमाडौं जोड्ने सडक अवरुद्ध भएको छ

भूमि सम्बन्धी ऐन संशोधन विधेयक अध्ययन गर्न थप समय माग

काठमाडौं– सांसदहरुले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको

प्रसूतिगृह लाखौँ आमा र शिशुको जीवन जोड्ने राष्ट्रिय धरोहर : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले महिला स्वास्थ्यसम्बन्धी विशिष्टीकृत अस्पतालका

रसियाको कारखानामा भीषण आगलागी, मृतक सङ्ख्या ११ पुगेको पुष्टि

एजेन्सी – रसियाको पश्चिमी रायजान क्षेत्रमा रहेको एउटा औद्योगिक कारखानामा