बाजागाजासहित रातो मछिन्द्रनाथको मूर्ति बुङमति पुर्‍याइयो (फोटोफिचर) « Khabarhub

बाजागाजासहित रातो मछिन्द्रनाथको मूर्ति बुङमति पुर्‍याइयो (फोटोफिचर)


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ‘वर्षा र सहकाल’का देवता रातो मछिन्द्रनाथको मूर्तिलाई बुङमति पुर्‍याइएको छ ।

बैशाख शुक्लपक्षको शुभसाइतमा निकाल्नुपर्ने रथयात्रा कारोना महामारीका कारण स्थगित गरिएपछि आज शुभ साइत जुराएर मछिन्द्रनाथलाई खटमा राखी बाजागाजाका साथ बुङमति पुर्‍याइएको हो ।

यसवर्ष नरिबल खसाल्ने र भोटो देखाउने कार्यक्रम भने गरिएन । कोरानाम कारण रथ तान्ने विषयमा केही निर्णय हुन नसक्दा गत भदौ १८ गते केही स्थानीय केही युवाले निषेधाज्ञाकाबीच रथ तान्न खोजेपछि पुल्चोकमा झडप भएको थियो ।

असोज २ गतेदेखि अधिकमास लाग्ने भएपछि गत हप्ता स्थानीयबासीले निषेज्ञा र कर्फूका बीचमा पनि भौतिक दुरी कायम गरी जात्रा गर्नुपर्ने आवाज उठाएपछि रथ तान्न दबाब परेको थियो ।

मछिन्द्रनाथलाई बुङमति भित्र्याउन यसअघि भदौ २६ गते साइत दिइ पनि ज्योतिषिहरुले नमिलेको प्रतिक्रिया दिएपछि आज शुभ साइत सार्वजनिक गरिएको थियो ।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ८ : ०४ बजे

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौं – मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

गण्डकी – मध्यपूर्वमा जारी युद्धका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित

इरानी आक्रमणको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने तीन नेपाली यूएईमा पक्राउ

दुबई – यूएईले इरानसँग बढ्दो सैन्य तनावबीच सामाजिक सञ्जालमा आक्रमणसम्बन्धी

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो

सुर्खेत – आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

६ हजारभन्दा बढी ग्यास सिलिन्डर भण्डारण गर्ने श्रीराम उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यासको कृतिम